दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाढीका समयमा हुने जोखिमबाट बच्ने र बचाउँने विषयमा पुर्वाभ्यास गरिएको छ ।
बाढीको प्रकोपबाट हरेक वर्ष सो गाउँपालिकामा सर्वाधिक प्रभावित हुने गरेको छ । यसैबीच सो गाउँपालिका ५ स्थित बर्साइन गाउँमै पुगी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी तथा कोशी बेसिन कार्यक्रमको प्राविधिक टोलीले वडा स्तरिय विपद व्यवस्थापन समितिको समन्वयमा विपदको पूर्व तयारी र विपदका समयमा गरिनुपर्ने उद्घार राहतको सांकेतिक अभ्यास गरेको हो ।
पुर्व सूचना प्रणालीमा आधारित कृत्रिम घटना अभ्यासमा बाढीका कारण घरहरुमा पु¥याउने क्षती, मानिस डुबेको, उद्घार गरिएको, स्वास्थ्य उपचार र राहत वितरण लगायतको सांकेतिक अभ्यास गरिएको थियो ।
विपद पुर्व गरिएको सांकेतिक अभ्यासले पूर्व तयारीका लागी के गर्नुपर्ने भनेर स्थानियबासीलाई थाहा भएको वडाध्यक्ष राजेन्द्र साहले बताए । हालै आएको बाढीले यस गाउँपालिकाको करिब ८५ प्रतिशत भुभाग जलमग्न भएको बताउँदै उनले अहिले भएको सांकेतिक अभ्यासले बाढीका बेला थोरै भएपनि राहत अनुभव हुने विश्वास व्यक्त गरे ।
बाढी प्रभावित तथा कोशी नदी किनारमै गरिएको सांकेतिक पूर्व अभ्यास कायक्रममा रेडक्रस तथा कोशिबेसिन कार्यक्रमका पदाधिकारी तथा तालिम प्राप्त कर्मचारी र स्वयसेवकले बाढीको जोखिम न्यूनिकरण र उद्घार कार्यबारे स्थानियलाई सचेत गराउने खालका उद्घार कला प्रदर्शन गरेका थिए ।
कोशिबेसिन कार्यक्रमका कार्यक्रम अधिकृत प्रसान्त थापाले प्राकृतिक विपदको सामना गर्न पूर्व तयारी स्वरुप प्रभावित क्षेत्रमै पुगी सचेतना कार्यक्रम चलाइएको बताए । यसले विपदको समयमा क्षति न्यूनिकरण र उद्घार गर्न सजिलो र सहज हुने उनको भनाई छ ।
विपद व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास
सारांश
- बाढीको प्रकोपबाट हरेक वर्ष सो गाउँपालिकामा सर्वाधिक प्रभावित हुने गरेको छ ।
- यसैबीच सो गाउँपालिका ५ स्थित बर्साइन गाउँमै पुगी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी तथा कोशी बेसिन कार्यक्रमको प्राविधिक टोलीले वडा स्तरिय विपद व्यवस्थापन समितिको समन्वयमा विपदको पूर्व तयारी र विपदका समयमा गरिनुपर्ने उद्घार राहतको सांकेतिक अभ्यास गरेको हो ।
- पुर्व सूचना प्रणालीमा आधारित कृत्रिम घटना अभ्यासमा बाढीका कारण घरहरुमा पु¥याउने क्षती, मानिस डुबेको, उद्घार गरिएको, स्वास्थ्य उपचार र राहत वितरण लगायतको सांकेतिक अभ्यास गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया