नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा

राजविराज राजविराज
|
बुधबार, चैत्र २५, २०७७
|
|
४१ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा

सारांश

  •     पत्रकार महासंघको इतिहासमै एकै दिन आज संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन हुन गइरहेको छ ।
  • १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा मुख्यत नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गर्ने भएको छ ।
  •       कुल एक सय मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीमा पनि यसै दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत । 
    नेपाल पत्रकार महासंघको आज देशै भरि संघीय संरचना अनुसार तीनै तहमा निर्वाचन हुदैछ । 
    पत्रकार महासंघको इतिहासमै एकै दिन आज संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन हुन गइरहेको छ । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा मुख्यत नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गर्ने भएको छ । 
    कुल एक सय मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीमा पनि यसै दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । श्रवण कुमार देव नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस संगठन तथा मनोहर पोखरेल नेतृत्वको प्रेस चौतारी र प्रेस मञ्चबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । 
    श्रवण देव नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विनयलाल कर्ण, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा सतिश दत्त, सहसचिवमा कृष्णदेव यादव, समावेशी सहसचिवमा गोपाल प्रसाद गुप्ता, कोषाध्यक्षमा नवीनकुमार गुप्ताले उम्मेदवारी दिएका छन् । 
    त्यस्तै खुल्ला सदस्यमा अरुण कुमार यादव, दिनानाथ यादव, रामनारायण यादव, बिन्दु कुमार यादव, आदिवासी जनजाती सदस्यमा महेन्द्र मण्डल बनवारी, मेधशी सदस्यमा परिष कुमार कर्ण, अन्य समावेशीमा महेश्वर भारतीको उम्मेदवारी परेको छ । 
    यसैगरि राष्ट्रिय परिषद् सदस्यमा देवराम यादव र मनोकुमार माझी तथा प्रदेश परिषद् सदस्यमा अनिल पोखरेल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, निरज कुमार मण्डल, पवन कुमार मिश्र र शिवनारायण साह रहेका छन् । 
    त्यस्तै मनोहर पोखरेलले नेतृत्वको प्यानलबाट उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा पार्वतीकुमारी सिंह, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दनकुमार यादव, समावेशी सहसचिवमा डम्बर राई, कोषाध्यक्षमा शुभचन्द्र झा तथा सुल्ला सदस्यहरुमा खगेन्द्र कार्की, गंगाप्रसाद साह, राजेन्द्र कुमार मिश्र र विद्यानन्द रामले प्रतिष्पर्धा गर्दै छन् । 
    यसैगरि महिला सदस्यमा रश्मी झा, दलित सदस्यमा राजकुमार पासवान, आदिवासी जनजाती सदस्यमा कृष्णकुमार मण्डल, मधेशी सदस्यमा धर्मपाल राउतले उम्मेदवारी दिएका छन् । 
    यस्तै राष्ट्रिय परिषद्मा ढमला भट्टराई, शुभनारायण यादव र सुखराम यादव तथा प्रदेश पार्षदमा आनन्द मोहन शर्मा, उत्तम आचार्य, देवेन्द्र मिश्र, दिनेश शर्मा, मधेशीतर्फ रामअधिन साह, महिलातर्फ बिन्दु भट्टराई र आदिवासी जनजातीमा बृजमान तामाङ रहेका छन् । 
    यता स्वतन्त्र रुपमा महिला उपाध्यक्षमा रक्षा कुमारी चौधरी र खुल्ला सदस्यमा भोलारमण उप्रेतीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए । 
    यसैबीच महिला सदस्य रश्मी झा र दलित सदस्य राजकुमार पासवानमा निर्विरोध चयन भएको निर्वाचन अधिकृत झाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव