दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
बैंक अफ काठमाण्डू लिमिटेड छिन्नमस्ता शाखाले सप्तरीको छिन्नमस्ता गाँउपालिकास्थित स्वास्थ्य चौकी सखडालाई बुधबार एक कार्यक्रबीच विभिन्न स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरेको छ ।
कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले सो गाउँपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकी सखडालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
बैंकले स्वास्थ्य चौकी सखडालाई ७५ थान पीपीई, ७५ प्याकेट मास्क, ७५ प्याकेट ग्लोब्स र २० लिटर सेनिटाइजर प्रदान गरिएको शाखा प्रमुख विनेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
कोभिड महामारी नियन्त्रण अभियानमा सहयोग पुग्ने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए ।
गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित स्वास्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा छिन्नमस्ता गाउँपालिका स्वास्थ्य संयोजक मदनेश्वर प्रसाद चौधरी थारु, स्वास्थ्य चौकी सखडाका प्रमुख अजयकुमार झा, बैंक अफ काठमाण्डू लिमिटेड छिन्नमस्ता शाखाका कर्मचारी अनिमेश झा र रन्जन कामतलगायतको उपस्तिथि रहेको थियो ।
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
सारांश
- कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले सो गाउँपालिका वडा नं.
- ३ मा रहेको स्वास्थ्य चौकी सखडालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
- बैंकले स्वास्थ्य चौकी सखडालाई ७५ थान पीपीई, ७५ प्याकेट मास्क, ७५ प्याकेट ग्लोब्स र २० लिटर सेनिटाइजर प्रदान गरिएको शाखा प्रमुख विनेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया