आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान

राजविराज राजविराज
|
मंगलबार, मंसिर ११, २०८१
|
|
४० पटक हेरिएको
Shares
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान

सारांश

  •     सो नगरपालिकाको वडा नं.
  • १ र ४ मा अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
  • मंसिर २ गतेदेखी नै उक्त नगरपालिकामा आचारसहिता लागु भइसकेको छ ।

दैनिक समाचारदाता
राजविराज ११ मंसिर । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाले निर्वाचन आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान गरेको छ । 
    सो नगरपालिकाको वडा नं. १ र ४ मा अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । मंसिर २ गतेदेखी नै उक्त नगरपालिकामा आचारसहिता लागु भइसकेको छ । तर, नगरप्रमुख रामलखन मलाहले आचारसहितालाई वेवास्ता गर्दै उक्त बिज्ञापन आह्वान गरेका हुन् । 
    आचारसंहिता लागू भएकै मतिमा नगरपालिकामा रोजगार संयोजक (अधिकृत स्तर छैठौं) र रोजगार सहायक (सहायक स्तर पाँचौं) को विज्ञापन आह्वान गरिएको छ ।
    २०८० चैत २२ गते बिभिन्न पदका लागि गरिएको पदपूर्ती सम्बन्धी सूचना अनुसार र २०८१ कात्तिक २१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार रद्द गरी विज्ञापनहरुको पुनः विज्ञापन गर्ने निर्णय भएकाले यसअघि गरिएको विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको जनाइएको छ । 
    “यसअघि विज्ञापनमा दरखास्त फारम पेश गरेका उम्मेदबारहरुलाई पनि सामेल गराई थप दरखास्त फारम संकलन गर्नका लागि पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ’ विज्ञापनमा भनिएको छ, ‘साथै माग गरिएका विवरणहरु र राजस्व तिरेको रसीदसहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।’
    यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा बिज्ञापन आह्वान गर्नु आचारसंहिता विपरित भएको बताउँछन् । आचारसंहिता उल्लंघन गरेको पाइएको जानकारी गराउँदा नगरपालिकाले तत्कालै बिज्ञापन स्थगित गरेको निर्वाचन कार्यालयका प्रमुख जोशीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ