शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण

राजविराज राजविराज
|
मंगलबार, बैशाख १०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण

सारांश

  •     सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् ।
  •       सप्तरीको ऐतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत गरिएको छ ।
  •       सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
    सप्तरीको शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथधाममा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण गरिएको छ ।
    सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् । 
    सप्तरीको ऐतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत गरिएको छ । 
    सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ । 
    सोही आश्राममा नवनिर्मित सतसंघ प्रवचन मञ्चको उद्घाटन कवीर सद विचार महामण्डलका केन्द्रीय अध्यक्ष महाराज राजेन्द्र दास महाराजले गरे । धर्मशाला पवित्र कुण्डको उद्घाटन महाराज नाथुदास साहेवजी महाराजले गरेका छन् ।
    एकहप्तासम्म सञ्चालन हुने महाज्ञान यज्ञको लागि प्रत्येक दिनको भण्डारणको ब्यवस्थापनको जिम्मेवारी राजविराज, रुपनी, सुरुङ्गा, शम्भुनाथ, खडक गाउँ तथा नगरपालिकाका कबीरका अनुयायीहरुले गरेको सदगुरु कवीर आश्रम शम्भुनाथधामका संस्थापक सदस्य सन्त कन्तलाल दास साहेबजीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग