दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
दशैं, तिहार र छठ पर्वको अवसरमा हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ ।
बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ ।
एन२५०बिएस–भिआई मोडलको ४ लाख ९९ हजार मुल्य पर्ने २४९.०७ सीसी मोडल र एन१६०बिएस–भिआई मोडलको ३ लाख ७९ हजार ९ सय मुल्य पर्ने १६४ सीसी मोडलको पल्सर बाइकको बिक्रि सुरु गरेको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
योजना अन्तरगत ग्राहकहरुलाई आफूले खरीद गर्न लागेको बाइकको मुल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउन पेमेण्ट गरि बाइक लैजान सक्ने सुविधा दिइएको छ । यस योजनामा हरेक बाइकको खरीदमा ७ हजार नगद छुट र फाइनान्सको सुविधा समेतको व्यवस्था गरिएको संचालक खानले बताए ।
यसअघि एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकहरुको बिक्रि सुरु भइसकेको संचालक खानले जानकारी दिए ।
दुबै मोडलका बाइकको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबीनले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो उद्घाटन कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
सारांश
- बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ ।
- एन२५०बिएस–भिआई मोडलको ४ लाख ९९ हजार मुल्य पर्ने २४९.
- ०७ सीसी मोडल र एन१६०बिएस–भिआई मोडलको ३ लाख ७९ हजार ९ सय मुल्य पर्ने १६४ सीसी मोडलको पल्सर बाइकको बिक्रि सुरु गरेको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया