दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
दशैं, तिहार र छठ पर्वको अवसरमा हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ ।
बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ ।
एन२५०बिएस–भिआई मोडलको ४ लाख ९९ हजार मुल्य पर्ने २४९.०७ सीसी मोडल र एन१६०बिएस–भिआई मोडलको ३ लाख ७९ हजार ९ सय मुल्य पर्ने १६४ सीसी मोडलको पल्सर बाइकको बिक्रि सुरु गरेको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
योजना अन्तरगत ग्राहकहरुलाई आफूले खरीद गर्न लागेको बाइकको मुल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउन पेमेण्ट गरि बाइक लैजान सक्ने सुविधा दिइएको छ । यस योजनामा हरेक बाइकको खरीदमा ७ हजार नगद छुट र फाइनान्सको सुविधा समेतको व्यवस्था गरिएको संचालक खानले बताए ।
यसअघि एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकहरुको बिक्रि सुरु भइसकेको संचालक खानले जानकारी दिए ।
दुबै मोडलका बाइकको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबीनले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो उद्घाटन कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
सारांश
- बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ ।
- एन२५०बिएस–भिआई मोडलको ४ लाख ९९ हजार मुल्य पर्ने २४९.
- ०७ सीसी मोडल र एन१६०बिएस–भिआई मोडलको ३ लाख ७९ हजार ९ सय मुल्य पर्ने १६४ सीसी मोडलको पल्सर बाइकको बिक्रि सुरु गरेको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया