दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
गत सातामात्रै सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले हस्तान्तरण गरेको राजविराज बसपार्क आउँदो एक साता भित्रै उद्घाटन गरिने तयारी गरिएको छ ।
सोमवार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरिक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै एक साता भित्रै उद्घाटन गरिने जनाइएको छ ।
कार्यवाहक नगरप्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भईसकेकोले उद्घाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए ।
बसपार्क संचालनमा आएपछि बर्षौदेखी राजबिराज नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तब्यस्त अबस्थामा सुधार आउने उनको भनाई छ ।
शहरी विकास मन्त्रालयको १५ करोड ६० लाख रुपैयाँमा नव निर्मित बसपार्कको २०७४ साल पुष १९ मा सिनर्जी विल्डर्स प्रालि कुलेश्वर १४ काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । बसपार्कको पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोश्रो पटक २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तश्रो पटक २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरेका थिए । तर, निर्माण काम अगाडी बढ्न सकेको थिएनन् ।
पछिल्लो पटक (चौथो पटक) २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए ।
राजविराजको राजदेवी चौक स्थित १९ हजार ६ सय ४४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर र बेटिङ एरिया सहित पुरुष शौचालय, २ वटा पसल र शौचालय, रेष्टुरेन्ट, मिनीमार्केट हल, बैंक ब्रान्च, पाँच तल्ले क्लक टावर, दुईवटा गार्ड हाउस, दुईवटा मेन गेट पब्लिक शौचालय र सर्भिस सेन्टर लगायतको संरचना निर्माण गरिएको छ ।
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
सारांश
- सोमवार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरिक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै एक साता भित्रै उद्घाटन गरिने जनाइएको छ ।
- कार्यवाहक नगरप्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भईसकेकोले उद्घाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए ।
- बसपार्क संचालनमा आएपछि बर्षौदेखी राजबिराज नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तब्यस्त अबस्थामा सुधार आउने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया