दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद लागुऔषध गाजा शुक्रबार सप्तरी प्रहरीले नष्ट गरेको छ ।
राजविराज नगरपालिका १५ स्थित खाडो खोला छेउमा २४ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
खाडो खोला छेउमा जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रहरीले उक्त अवधीमा बरामद गरेको अन्य गाजा एकै दिन नष्ट गर्न सम्भव नभएकाले प्रक्रिया पुरा गरि बाँकी रहेका गाजा शनिबार नष्ट गरिने जनाएको छ ।
उक्त गाजाहरु चोरी तस्करी गरि भारततर्फ लैजादै गरेको अवस्थामा र गोदाममा भण्डारण गरि राखिएको अवस्थामा प्रहरीले डेढ महिना यता नियन्त्रणमा लिएको थियो ।
ठूलो परिमाणमा बरामद गाजा नष्ट
सारांश
- राजविराज नगरपालिका १५ स्थित खाडो खोला छेउमा २४ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
- खाडो खोला छेउमा जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
- प्रहरीले उक्त अवधीमा बरामद गरेको अन्य गाजा एकै दिन नष्ट गर्न सम्भव नभएकाले प्रक्रिया पुरा गरि बाँकी रहेका गाजा शनिबार नष्ट गरिने जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया