सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 

राजविराज राजविराज
|
बिहिबार, चैत्र ५, २०७७
|
|
५५ पटक हेरिएको
Shares
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 

सारांश

  •     सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा भईरहेको सडक तथा नाला निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ ।
  •       सडकमा सर्वसाधारणदेखि सवारीसाधनको आवगमनमा जोखिमसँगै दुर्घटनासमेत बढेको छ ।
  • जसले गर्दा पटक–पटक मालबाहक सवारीसाधन खनिएको सडकमा फँस्ने गरेकोमा बुधवार राती  एउटा मालबाहक ट्रक पल्टिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    सप्तरीमा भइरहेको सडक निर्माण तथा मर्मत सम्भारको कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउनुका साथै स्थानियहरुले सास्ती व्यहोर्नु परिरहेको छ । 
    सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा भईरहेको सडक तथा नाला निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । 
    सडकमा सर्वसाधारणदेखि सवारीसाधनको आवगमनमा जोखिमसँगै दुर्घटनासमेत बढेको छ । जसले गर्दा पटक–पटक मालबाहक सवारीसाधन खनिएको सडकमा फँस्ने गरेकोमा बुधवार राती  एउटा मालबाहक ट्रक पल्टिएको छ । 
    ट्रक पल्टिदा कुनै किसिमको मानवीय क्षति नभएपनि सडकमा आवागमन अवरुद्ध हुनुका साथै झन समस्या भएको स्थानीय भागवत साहले गुनासो गरे ।
    राजविराज नगरपालिका वडा नम्बर २ तेतरीगाछी चौक सडक खण्डमा नाला निर्माणसँगै सडक निर्माण कामको ठेक्का दिवा निर्माण सेवाले पाएको छ । तर, नाला निर्माणको क्रममा ३ देखि ५ मिटरसम्म ठाउँ–ठाउँमा गहिरो खनेर होमपाईप हाल्ने काममा भईरहेको लापरबाहीले दुर्घटना बढाएको छ ।
    नाला निर्माणकोलागि खनिएको सडक र खानेपानीको पाईपसमेत फुटेर पानी सडकमै जम्ने गरेको छ । ठेकेदार कम्पनीले सडक र नाला निर्माण गर्दा एक साईडको सडक सुचारु राख्नुपर्ने तर, काम सुरु गरेर बिचमै छाड्ने प्रवृतिले गर्दा यस्ता समस्याहरु श्रृजना भएको स्थानीय नगरबासीको भनाई छ । ठेकेदार कम्पनीलाई यथासिघ्र नाला निर्माणसँगै सडक निर्माणको काम सक्नकालागि स्थानीयले दवाब दिएका छन् ।
    तर, ठेकेदारले कम्पनी दिवा निर्माण सेवाले चाँडै सडकमा आवतजावत सहज हुने गरी काम अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।
    यता राजविराज नगरपालिका वडा २ का अध्यक्ष अरुण यादवले आफू ठेकेदार कम्पनीलाई चाँडै काम सक्न र एकतर्फीरुपमा सडक सुचारु राख्न पटक–पटक भन्दै आएको बताए । नाला निर्माणको क्रममा खानेपानीको पाईप फुटेर झन समस्या हुँदा खानेपानी कार्यालयलाई मर्मत गर्न ताकेता गरिरहेको जानकारी दिए ।
    यस्तै राजविराजस्थित वडा नं. ८ मा पनि सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानियहरुले सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पर्ने सम्भावना बढेको छ । सडक निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले निर्माण कार्यलाई बीचमै छोड्दा आवतजावतमा समस्या भएको छ । 
    नाला निर्माण कार्य सम्पन्न गरेपनि त्यसमाथी स्ल्याप नराखेकोले दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । यता सडक अहिले धुलोमय भएको छ । हावाहुरीको समयमा सडकको धुलो स्थानियको घरमा पस्दा स्वास्थ्यमा असर पुग्ने गरेको स्थानियको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?