जनयुद्ध दिवसमा जुलुस प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १, २०७८
|
|
२४ पटक हेरिएको
Shares
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन

सारांश

  •     २७ औ जनयुद्ध दिवसको अवसरमा राजबिराजस्थित पबिमाबिको मैदानबाट निस्केको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय गजेन्द्र चौकमा कोण सभा सम्पन्न गरेको छ ।
  •       आयोजित कोणसभाका सहभागिहरुले जनयुद्धका क्रममा शहादत प्राप्त सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण तथा बेपत्ता योद्धा र अपांग घाईतेहरुप्रती सम्मान प्रकट गरेका थिए ।
  •       सो कोण सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सदस्य तथा राजबिराज नगर ईन्चार्ज भानालाल यादव, नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका मधेस प्रदेश सचिव केदार देव, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, वाइसिएलका राजबिराज नगर अध्यक्ष संजय कुमार यादव, पार्टीका नगर उपाध्यक्ष गंगाराम खंग लगायतका नेता कार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन । 
    जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजबिराज नगर समितिले आइतबार राजविराजमा जुलुस निकालेको छ । 
    २७ औ जनयुद्ध दिवसको अवसरमा राजबिराजस्थित पबिमाबिको मैदानबाट निस्केको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय गजेन्द्र चौकमा कोण सभा सम्पन्न गरेको छ । 
    आयोजित कोणसभाका सहभागिहरुले जनयुद्धका क्रममा शहादत प्राप्त सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण तथा बेपत्ता योद्धा र अपांग घाईतेहरुप्रती सम्मान प्रकट गरेका थिए । 
    सो कोण सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सदस्य तथा राजबिराज नगर ईन्चार्ज भानालाल यादव, नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका मधेस प्रदेश सचिव केदार देव, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, वाइसिएलका राजबिराज नगर अध्यक्ष संजय कुमार यादव, पार्टीका नगर उपाध्यक्ष गंगाराम खंग लगायतका नेता कार्यकर्ताहरुले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?