चन्दनकुमार यादब
राजविराज, ५ जेठ ।
सप्तरीको तिलाठीकोईलाडी गाँउपालिका वडा नम्वर १ तिलाठी जेठ १० गते वालविवाह मुक्त वडा घोषणा हुने भएको छ ।
आईतवार तिलाठीकोईलाडी गाँउपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रको अगुवाईमा गरिएको अनुगमनमा आव ०७५÷०७६ बैशाख सम्ममा २८ वटा विवाह सम्पन्न भएको त्यस मध्ये कसैको वालविवाह नभएको पाईएकोले वडा घोषणा गर्न लागेको जनाइएको छ ।
वालसंरक्षण नीति अनुरूप त्यस वडाको केटा र केटीको १८ बर्ष मुनीका कुनै पनि विवाह नभएको अनुगमनवाट देखिएपछि अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गर्न लागेको गाउपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
यस वडाको तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा तीन दिनदेखि गरिएको अनुगमन २८ वटा बिवाह भएको तर, त्यसमा कुनै केटाकेटीको वालविवाह नभएकोले स्पष्ट देखिएपछि वडा वालबिवाह मुक्त वडा घोषणा गर्न लागेको वडा सचिव मिथलेश झाले बताए ।
वालविवाह मुक्त घोषणाका लागी त्यस बस्तीमा बालविवाह नगर्न भिडियो प्रदर्शन, जनचेतना मुलक ¥याली, अन्तरक्रिया तथा विभिन्न चेतनामेलक कार्यक्रम गर्दै आएको सेभ द सप्तरीका फिल्ड सुपरभाईजर दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
तिलाठी कोईलाडी गाउपालिकाको सहकार्य तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत आयोजित अनुगमन टोलीमा तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादब, वडा अध्यक्ष दिनेश्वर मिश्र, वडा सचिव मिथलेश झा, गाउपालिका स्वास्थ प्रमुख दिपेन्द्र झा, स्वास्थ संयोजक शैलेश झा, बिपद ब्यबस्थापन प्रमुख राजेश झा, सेभद द सप्तरीका फिल्ड अफिसर घुरण यादब, शिक्षक रामाकान्त झा, पत्रकार चन्दनकुमार यादब, लगायत महिला स्वयमसेविका, किशोरकिशोरी, केटाकेटीहरू स्थानिय तथा भरभलादमीहरूको सहभागिता रहेको थियो ।
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
सारांश
- आईतवार तिलाठीकोईलाडी गाँउपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रको अगुवाईमा गरिएको अनुगमनमा आव ०७५÷०७६ बैशाख सम्ममा २८ वटा विवाह सम्पन्न भएको त्यस मध्ये कसैको वालविवाह नभएको पाईएकोले वडा घोषणा गर्न लागेको जनाइएको छ ।
- वालसंरक्षण नीति अनुरूप त्यस वडाको केटा र केटीको १८ बर्ष मुनीका कुनै पनि विवाह नभएको अनुगमनवाट देखिएपछि अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गर्न लागेको गाउपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
- यस वडाको तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा तीन दिनदेखि गरिएको अनुगमन २८ वटा बिवाह भएको तर, त्यसमा कुनै केटाकेटीको वालविवाह नभएकोले स्पष्ट देखिएपछि वडा वालबिवाह मुक्त वडा घोषणा गर्न लागेको वडा सचिव मिथलेश झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया