प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन सक्रिय  रुपमा लागेको छु ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०८०
|
|
६८ पटक हेरिएको
Shares
प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन सक्रिय  रुपमा लागेको छु ः जसपा अध्यक्ष यादव

सारांश

  •     प्रतिष्ठानको निर्माण कार्य सूरु गर्न माँग गर्दै आन्दोलनरत सप्तरी यूथ नेपालका प्रतिनिधीहरुसंग आईतवार राजविराजमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
  •     अढाई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको प्रतिष्ठान हाल सम्म निर्माण कार्य सुरु नगरी अलपत्र अवस्थामा छाडिएको छ ।
  •       “सूरुमा जग्गा प्राप्ती मै धेरै समय लाग्यो, विभिन्न झमेलाहरु प्नि आए, अध्यक्ष यादवले भने–ती सबै चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन पाएनन् ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अलपत्र अवस्थामा रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन आफु सक्रिय रुपमा लागेको बताएका छन् । 
    प्रतिष्ठानको निर्माण कार्य सूरु गर्न माँग गर्दै आन्दोलनरत सप्तरी यूथ नेपालका प्रतिनिधीहरुसंग आईतवार राजविराजमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
    अढाई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको प्रतिष्ठान हाल सम्म निर्माण कार्य सुरु नगरी अलपत्र अवस्थामा छाडिएको छ । 
    “सूरुमा जग्गा प्राप्ती मै धेरै समय लाग्यो, विभिन्न झमेलाहरु प्नि आए, अध्यक्ष यादवले भने–ती सबै चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन पाएनन् ।”
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा स्वास्थ विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यति बेला अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रि थिए । 
    यसै क्षेत्रबाट जितेका कारण प्रतिष्ठान राजविराजमा स्थापना गर्न उनले ठूलै भुमिका खेलका थिए । फलस्वरुप २०७८ साल जेष्ठ २१ गते मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलमा ६२ बिगहा जग्गा प्रतिष्ठानको नाममा उपलब्ध गराउनुका साथै २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट भर्चुअल माध्यमबाट सिलान्यास कार्य समेत सम्पन्न गराइएको थियो । 
    तर हाल सम्म निर्माण कार्य भने अघि बढ्न सकेको छैन । हाल निर्वाचन क्षेत्र परिवर्तन गरी बारा पुगे पनि सप्तरीमा आफुले सूरुआत गराएको योजनाहरु पुरा गराउन अहिले पनि पुर्ण प्रतिबद्धताका साथ लागि पर्ने सप्तरी यूथ नेपालका प्रतिनिधी मण्डल समक्ष उनले प्रतिबद्धता जनाए । 
    सो क्रममा पत्रकारहरुद्वारा पार्टीमा देखिएको आन्तरिक विवाद बारे राखिएको जिज्ञासमा अध्यक्ष यादवले विवाद देखिनु समान्य कुरा हो भन्दै त्यसलाई आपसी छलफलबाट टुङग्याइने जवाफ दिए । 
    सप्तरी युथ नेपालको प्रतिनिधी मण्डलमा कार्यवाहक अध्यक्ष मोहन कुमार यादव, आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र कुमार यादव लगायतको सहभागिता रहेको जसपा सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख उपेन्द्र प्रसाद साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी