संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
७९ पटक हेरिएको
Shares
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा

सारांश

  •     जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका काँग्रेसको राजविराजस्थित जिल्ला पार्टी कार्यालयको विहीवार निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो बताएका हुन ।
  •       सो क्रममा उनले भत्किएको संरचना पुर्ननिर्माण सम्भव भएपनि गोली हानेर मारिएकाहरुको पुुर्नजीवन दिन सम्भव नहुने उल्लेख गर्दै जेनजीको आन्दोलनको भावनालाई समेट्दै जनताले पाएको अधिकारलाई संरक्षण गर्दैै अझै अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नु अहिलेको आवश्यत्ता रहेको बताए ।
  •       संसद विघटनबाट संविधान घाईते भएको बताउदै महामन्त्री शर्माले फेरी पुर्ण स्वस्थ्य बनाउनु पर्ने आवश्यक्तामा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ असोज ।

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित नभएको बताएका छन् ।  
    जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका काँग्रेसको राजविराजस्थित जिल्ला पार्टी कार्यालयको विहीवार निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो बताएका हुन । 
    सो क्रममा उनले भत्किएको संरचना पुर्ननिर्माण सम्भव भएपनि गोली हानेर मारिएकाहरुको पुुर्नजीवन दिन सम्भव नहुने उल्लेख गर्दै जेनजीको आन्दोलनको भावनालाई समेट्दै जनताले पाएको अधिकारलाई संरक्षण गर्दैै अझै अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नु अहिलेको आवश्यत्ता रहेको बताए । 
    संसद विघटनबाट संविधान घाईते भएको बताउदै महामन्त्री शर्माले फेरी पुर्ण स्वस्थ्य बनाउनु पर्ने आवश्यक्तामा जोड दिए । “राष्ट्रपतीले गरेको संसद विघटनले संविधान घाईते भएकोे छ, उनले भने–यसलाइ सच्याएर पुनः स्वस्थ बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो ।”
    आवश्यक्ताको सिद्धान्त अनुसार राष्ट्रपतीले संविधान विघटन गरेको कुरा चर्चा हुने गरेको प्रसङ्ग कोट्याउँदै उनले संसद बैठक मार्फत पनि यो काम गर्ने अवस्था रहको जिकिर गरे । 
    संसद पुर्नस्थापना वा ताजा जनादेशमा जाने अहिले दुई अवस्था रहेको बताउँदै महामन्त्री शर्माले काँग्रेसले पनि छिट्टै यसबारे निष्र्कषमा पुग्ने प्रयत्न गरिरहेको जानकारी दिए । 
    प्रतिनिधीसभा भंग गरिएको भएपनि राष्ट्रपती, राष्ट्रिय सभा, ७ वटै प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तहहरु अस्तित्वमा रहिरहेको बताए । 
    सो अवसरमा प्रतिनिधीसभा सदस्य दिनेशकुमार यादव, काँग्रेस सप्तरीका सभापती रामदेव साह, उपसभापती रामकुमार यादव, सचिव सनत मण्डल लगायत काँग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने