सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन

राजविराज राजविराज
|
बिहिबार, आश्विन २१, २०७८
|
|
४६ पटक हेरिएको
Shares
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन

सारांश

  •     बिहीबार गठन गरिएको समितिमा अधिबक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिएका छन् ।
  •       सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा कार्तिक ६ गते प्रतिष्ठानले आयोजना गर्ने सहिद दिलिप चौधरीको स्मृति स्तम्भ अनावरण समारोहमा छनौट भएका पत्रकारहरुलाई सम्मानसहित गरिने प्रतिष्ठानका अध्यक्ष लेखीले बताए ।
  •     पत्रकारिताको माध्यमबाट उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि योगदान दिएका बिभिन्न संचारमाध्यममा कार्यरत तीन जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नका लागि उक्त समिति गठन गरेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 
    सहिद दिलिप स्मृति प्रतिष्ठान नेपालले पत्रकार कृष्णा मल्लको संयोजकत्वमा तीन सदस्यीय पत्रकारिता पुरस्कार छनौट समिति गठन गरेको छ ।
    बिहीबार गठन गरिएको समितिमा अधिबक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेको प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिएका छन् । 
    सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा कार्तिक ६ गते प्रतिष्ठानले आयोजना गर्ने सहिद दिलिप चौधरीको स्मृति स्तम्भ अनावरण समारोहमा छनौट भएका पत्रकारहरुलाई सम्मानसहित गरिने प्रतिष्ठानका अध्यक्ष लेखीले बताए ।
    पत्रकारिताको माध्यमबाट उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि योगदान दिएका बिभिन्न संचारमाध्यममा कार्यरत तीन जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नका लागि उक्त समिति गठन गरेको उनले बताए । उक्त पुरस्कारको राशी जनही ११ हजार रहेको छ ।
    उक्त समारोह ब्यबस्थापन तथा तयारीका लागि असोज ३० गते गंगाजलीमा १२ बजे बृहत् भेला आयोजना गरिने भएको छ । भेलामा राजनैतिक दलका नेता, नगरप्रमुखसहित जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।
    सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं २०४२ सालमा बम काण्डको आरोपमा काठमाडांैस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परेको लगतै उनको राज्य पक्षबाट हत्या गबस्रिएको थियो । सहिद चौधरी पञ्चायती ब्यवस्थाको बिरुद्ध बि.सं २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर कंचनपुर क्षेत्रमा भएको विद्यार्थी आन्दोलन तथा २०४२ सालको देशब्यापी बम काण्डको अगुवाई गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु