आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 

राजविराज राजविराज
|
आइतबार, श्रावण ११, २०८२
|
|
४४ पटक हेरिएको
Shares
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 

सारांश

  •     सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आइतबार आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्र नेपालद्वारा आयोजित “आदिवासी जनजाती खाद्य र अर्थब्यबस्था” भन्ने बिषयको दुई दिवसीय अन्तरक्रिया छलफल कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन् ।
  •       कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै आदिवासी जनजाती समुदाय भाषिक, सांस्कृतिक र सामाजिक रुपमा समृद्द समुदाय भएपनी केही सिमित आदिवासी समुदाय बाहेक अन्य आदिवासी जनजाती समुदाय आर्थिक रुपले बिपन्न रहेकाले ती समुदायहरुको आर्थिक बिकास गर्नु राज्यको दायित्व रहेको बताए ।
  •       उनले बर्तमान समयमा आदिवासि जनजाती समुदायको परम्परागत खाद्य संस्कार लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै बातावरणिय प्रणालीमा समस्या उत्पन्न भएकोले त्यसको प्रत्यक्ष असर जलवायु परिवर्तनसंग पनि जोडिएको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।

    मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यबस्था सुदृढ गर्नु पर्नेमा जोड दिएका छन् । 
    सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आइतबार आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्र नेपालद्वारा आयोजित “आदिवासी जनजाती खाद्य र अर्थब्यबस्था” भन्ने बिषयको दुई दिवसीय अन्तरक्रिया छलफल कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन् । 
    कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै आदिवासी जनजाती समुदाय भाषिक, सांस्कृतिक र सामाजिक रुपमा समृद्द समुदाय भएपनी केही सिमित आदिवासी समुदाय बाहेक अन्य आदिवासी जनजाती समुदाय आर्थिक रुपले बिपन्न रहेकाले ती समुदायहरुको आर्थिक बिकास गर्नु राज्यको दायित्व रहेको बताए । 
    उनले बर्तमान समयमा आदिवासि जनजाती समुदायको परम्परागत खाद्य संस्कार लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै बातावरणिय प्रणालीमा समस्या उत्पन्न भएकोले त्यसको प्रत्यक्ष असर जलवायु परिवर्तनसंग पनि जोडिएको उल्लेख गरे । 
    “समृद्द नेपालको निर्माणको लागि आदिवासी जनजाती समुदायको महत्वपुर्ण भुमिका रहने भएको हुदा परम्परागत खाद्य पहिचान गर्दै आदिवासी जनजाती समुदायको अर्थब्यबस्था सुदृढ गरिनु पर्छ ।” उनले भने ।
    आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्रका कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाको अध्यक्षतामा संचालित कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकाल, उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राई, सप्तकोसी नगरपालिकाकी उपप्रमुख रिता चौधरी लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि, आदिवासी समुदायको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
सबै जुटे सरसफाईमा
सबै जुटे सरसफाईमा