मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
१९ पटक हेरिएको
Shares
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी

सारांश

  •     यस्ता प्रतियोगिताले योग्य खेलाडी उत्पादन तथा जिल्लालाई माथि उकास्न समेत टेवा पु¥याउने भन्दै उनले नगरपालिकाको स्रोत साधनले भ्याए सम्म खेलकूदको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाए ।
  •     उद्घाट्न समारोहमा नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, उपप्रमुख मुन्ना पोखरेल, निर्वमान नगरप्रमुख बसन्त मिश्रा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
  •     यसैबीच उद्घाटन खेलमा कंचनरूप नगरपालिकाले सप्तकोशीलाई ७ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेको छ ।

    राजविराज÷सप्तरीको कंचनरुप नगरपालिकामा शनिवारदेखि मेयर कप सिजन २ खेलकुद प्रतियोयिगता शुरु भएको छ ।
    प्रतियोगिताको दोस्रो संस्करण्को प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन् गरेका छन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने भन्दै यसका लागि आफूले समेत पहल र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
    प्रतियोगितका आयोजक कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले शिक्षा र स्वास्थ्य संगै आफूले खेलकूद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको भन्दै यसले स्वस्थ्य समाज निर्माणमा समेत योगदान पु¥याउने बताए ।
    यस्ता प्रतियोगिताले योग्य खेलाडी उत्पादन तथा जिल्लालाई माथि उकास्न समेत टेवा पु¥याउने भन्दै उनले नगरपालिकाको स्रोत साधनले भ्याए सम्म खेलकूदको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाए ।
    उद्घाट्न समारोहमा नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, उपप्रमुख मुन्ना पोखरेल, निर्वमान नगरप्रमुख बसन्त मिश्रा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
    यसैबीच उद्घाटन खेलमा कंचनरूप नगरपालिकाले सप्तकोशीलाई ७ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेको छ । शनिवार कंचनरूप नगरपालिका ९ स्थित खैरवन खेलमैदानमा उदघाटन खेलमा सप्तकोशी नगरपालिकाले दिएको १ सय ६१ रनको लक्ष्यलाई कंचनरूपले ७ बिकेट गुमाएर बिजयी हात पारेको हो ।
    प्रतियोगितामा क्रिकेट, फुटबल र व्याडमिनटन खेलमा सहभागि टोलीबीच प्रतिस्पर्धा हुनेछ । सात दिन सम्म चल्ने प्रतियोगितामा आयोजक कंचनरुप नगरपालिकाका साथै राजविराज नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, बोदे बरसाईन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका र रुपनी गाउँपालिका गरि कूल ९ वटा पालिकाका टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प