बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह

राजविराज राजविराज
|
शनिबार, मंसिर २०, २०७७
|
|
३५ पटक हेरिएको
Shares
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह

सारांश

  • जनज्योती कृषि सहकारी संस्था राजविराज ९ मलेठको ९ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
  • यूवाहरुलाई रोजगारीका लागि बिदेश जानबाट रोक्न सहकारी संस्थाहरुले अहम भूमिका खेल्नु पर्ने बताउँदै मन्त्री साहले स्वदेशमै उनीहरुकालागि रोजगारीको अवसर सृजना गर्न सुझाव समेत दिए ।
  •   उनले आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनका लागि सहकारीले खेलेको भूमिका सहनिय रहेको भन्दै प्रदेश सरकारले समेत सहकारीलाई हरसम्भव मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 
प्रदेश २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बैदेशिक रोजगारीलाई रोक्न सहकारी उत्तम विकल्प रहेको बताएका छ्न । 
जनज्योती कृषि सहकारी संस्था राजविराज ९ मलेठको ९ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । यूवाहरुलाई रोजगारीका लागि बिदेश जानबाट रोक्न सहकारी संस्थाहरुले अहम भूमिका खेल्नु पर्ने बताउँदै मन्त्री साहले स्वदेशमै उनीहरुकालागि रोजगारीको अवसर सृजना गर्न सुझाव समेत दिए । 
उनले आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनका लागि सहकारीले खेलेको भूमिका सहनिय रहेको भन्दै प्रदेश सरकारले समेत सहकारीलाई हरसम्भव मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे । 


सो सभालाई सम्बोधन गर्दै मन्त्री साहले अब आउन लागेको प्रदेश सहकारी एनमा साना सहकारीहरुबीच एकता तथा सहकारीको उद्देश्य विपरीत कार्य गर्ने सहकारीहरुको खारेजी समेत गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए ।  
प्रदेश २ मा ७ हजार सहकारी संस्थाहरु रहेको स्मरण गराउँदै उनले सहकारीकै माध्यमबाट प्रदेशको उन्नती हुनेमा विश्वस्त रहेको जिकिर समेत गरे । 
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित सभामा वडा अध्यक्ष शम्भुप्रसाद यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, सचिव चितरन्जन यादव, सहकारी बैंक राजविराजका प्रमुख चन्द्रमणि भट्टराई, शेयर सदस्य, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष मण्डलले चालु आ.ब. २०७७÷७८ मा शेयर सदस्य पुरुषको संख्या १ हजार ७ सय तथा महिलाको संख्या ८ सय रहेकोमा जम्मा शेयर पुँजी २ करोड ३० लाख रहेको जानकारी दिएका छन् । 
त्यस्तै शेयर निक्षेप ८ करोड, कर्जा लगानी १ करोड ५० लाख, शेयर लगानी ८ करोड, सम्पत्ति सामान खरीद ५ लाख तथा नाफा ९५ लाख ७४ हजार ५ सय रहेको प्रतिवेदनमा उल्लेख छ । 


सोही प्रतिवेदनमा संस्थाले सरल शुलभ तरिकाबाट रसायनिक मल, बीउ बिजन बिक्रि गर्ने, कृषि उपज खरिद बिक्रि तथा धान प्रशोधन गरि चामल उत्पादन र बिक्रि गर्ने, गहुँ धानको मुल बीउ उपलब्ध गराई बीउ उत्पादन गर्ने, ब्यवसायीक खेती तथा पशुपालन तर्फ किसानलाई प्रोत्साहन गर्नुका साथै सल्लाह र बजार ब्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्ने कार्य गर्ने भावी कार्य योजना रहेको उल्लेख छ । 
त्यस्तै शिक्षा तालिम कार्यलाई अगाडी बढाउँदै सदस्यहरुलाई भ्रमण अवलोकन गराउने, विदेशिने यूवाहरुलाई रोक्न तथा बिदेशबाट फर्केका यूवाहरुलाई रोजगारीका अवसर सृजना गराउने कार्यमा सघाउने योजनाका साथ संस्था अघि बढेको अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । 


सोही प्रतिवेदनमा शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन स्थानिय निकाय, प्रदेश, केन्द्र तथा लाइन एजेन्सीहरुसँग सहकार्य  गर्ने र सामाजिक सेवातर्फ चल्दै आएको एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै विभिन्न स्वास्थ्य शिविरहरु संचालन तथा दैवी प्रकोपबाट बच्न जनचेतनामूलक कार्यक्तम संचालन गर्ने कार्यक्रमका साथ संस्था अघि बढेको उल्लेख छ । 
यसअघि संस्थाले मंसिर १५ गतेदेखी इकाई भेलाको प्रारम्भ गरेको थियो । सो भेलाको वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए । सोही भेलाको चौथो दिन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाधयक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघ ग्लोबलकी बोर्ड सदस्य ओमदेवी मललको समेत उपस्थिती समेत रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप