सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह

राजविराज राजविराज
|
आइतबार, श्रावण १९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह

सारांश

  •     राष्ट्रिय सहकारी बैंकको स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा आइतबार राजविराजस्थित सो बैंकको कार्यालयमा आयोजित सहकारीका लागि विद्यमान कानुन अवसर र चुनौती विषयक शाखा स्तरिय गोष्ठीमा प्रमुख अतिथिको आसन्नबाट उनले सो कुरा बताएका हुन् ।
  •       आयोजित गोष्ठीमा अध्यक्ष दत्तले संघमा आवद्धता नरहेका केही सहकारीहरुको कारण विगतमा सहकारी संस्थाहरुको बदनामी समेत भएको बताउँदै अबको दिनमा सहकारी संस्थाहरुले ऋणीहरुको सम्बद्र्धन र संरक्षण गर्नु आवश्यक रहेको बताए ।
  •       कार्यक्रममा सहकारी बैंक राजविराजका संचालक एवं बैंकका केन्द्रिय सदस्य विश्वनाथ मण्डलले राष्ट्र बैंकले आइतबारदेखी लागु हुने गरि सहकारी संस्थाहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने प्रावधान गरेको जानकारी दिए ।

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले सहकारी संस्थाहरु आउँदो दिनमा बैंकहरुसँग प्रतिष्पर्धा गर्न तयार रहनुपर्ने बताएका छन् । 
    राष्ट्रिय सहकारी बैंकको स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा आइतबार राजविराजस्थित सो बैंकको कार्यालयमा आयोजित सहकारीका लागि विद्यमान कानुन अवसर र चुनौती विषयक शाखा स्तरिय गोष्ठीमा प्रमुख अतिथिको आसन्नबाट उनले सो कुरा बताएका हुन् । 
    आयोजित गोष्ठीमा अध्यक्ष दत्तले संघमा आवद्धता नरहेका केही सहकारीहरुको कारण विगतमा सहकारी संस्थाहरुको बदनामी समेत भएको बताउँदै अबको दिनमा सहकारी संस्थाहरुले ऋणीहरुको सम्बद्र्धन र संरक्षण गर्नु आवश्यक रहेको बताए । 
    कार्यक्रममा सहकारी बैंक राजविराजका संचालक एवं बैंकका केन्द्रिय सदस्य विश्वनाथ मण्डलले राष्ट्र बैंकले आइतबारदेखी लागु हुने गरि सहकारी संस्थाहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने प्रावधान गरेको जानकारी दिए । उनले हचुवाको तालमा राष्ट्र बैंकले दिएको निर्देशन पालना गर्न संस्थाहरुलाई समय समेत नदिएको प्रति आपत्ति समेत जनाए । 
    सोही कार्यक्रममा बैंक शाखा समन्वय उपसमिति संयोजक सचिन्द्र दासले सहकारी संस्था स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको निर्देशन तत्कालै पालना गर्न कठिनाई रहेको बताए । उनले सहकारी संस्थाको आफ्नै विधान र नियम रहने गर्दा यस्ता निर्देशनहरु पालना गर्न संस्थागत रुपमा विधान संशोधन, विशेष साधारणसभा लगायतकाबाट मात्र कुनै पनि नियम लागु गर्न मिल्ने उल्लेख गरे । उनले सहकारी संस्थाहरु समुदायसँग सोझो सरोकार राख्ने संस्था भएकोले यसमा सदस्यहरुले मात्र बचत तथा ऋण सम्बन्धी कारोबार गर्न मिल्ने उल्लेख गरे । 
    कार्यक्रममा अधिकांश वक्ताहरुले राष्ट्र बैंकको निर्देशनप्रति आपत्ति जनाउँदै निर्देशक पालनाका लागि केही समय लाग्ने हुनाले राष्ट्र बैंकले निर्देशनप्रति पुर्नविचार गर्नुपर्ने जिकिर गरे । 
    राष्ट्रिय सहकारी बैंक राजविराज शाखा समन्वय समिति संयोजक सचिन्द्र दासको अध्यक्षता तथा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा राजविराज नगरपालिका शिक्षा समितिका प्रमुख मदन कुमार थापा, बैंकका केन्द्रिय सदस्य विश्वनाथ मण्डल, जिल्ला दुग्ध उत्पादन सहकारीका भुवन आचार्य, शाखा समन्वय उपसमितिका सदस्यहरु शम्भु बहादुर, शत्रुहन प्रसाद गुप्ता, अनोज कुमार, भगवती प्रसाद, ममता साह, नैना कुमारी यादव लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए । सोही कार्यक्रममा बैंक सम्बन्धी बैंकका संचालक विश्वनाथ मण्डलले प्रस्तुतीकरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
सडक दुर्घटनामा दुईको मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु
एकाइस पाउण्ड रगत संकलन
एकाइस पाउण्ड रगत संकलन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद