मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण

राजविराज राजविराज
|
सोमबार, जेठ १२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण

सारांश

  •     मधेश प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेश सरकारको ५० लाखको लागतमा निर्माण हुन लागेको अतिथि भवन र सोही लागतमा निर्माण गरिने बाउण्ड्री पर्खाल योजनाको शिलान्यास गरेका हुन् ।
  •       त्यस्तै सप्तकोशी नगरपालिका ११, मलेठ पश्चिम टोलमा मधेस सरकारको २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको शिलान्यास, कञ्चनरुप नगरपालिका ५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गरे ।
  •       यस्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठा तथा नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत अवलोकन र निरीक्षण गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    मधेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीस्थित सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार पूर्वाधार विकास योजनाहरूको सोमबार शिलान्यास तथा दुई योजना निरीक्षण गरेका छन् ।  
    मधेश प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेश सरकारको ५० लाखको लागतमा निर्माण हुन लागेको अतिथि भवन र सोही लागतमा निर्माण गरिने बाउण्ड्री पर्खाल योजनाको शिलान्यास गरेका हुन् । 
    त्यस्तै सप्तकोशी नगरपालिका ११, मलेठ पश्चिम टोलमा मधेस सरकारको २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको शिलान्यास, कञ्चनरुप नगरपालिका ५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गरे । 
    यस्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठा तथा नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत अवलोकन र निरीक्षण गरे ।
    शिलान्यास तथा निरीक्षण कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य दिवाकर देवकोटा, सप्तकोशी नगरपालिका ८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं. २ का अध्यक्ष जाहुर हुसेन, वडा नं. ११ का अध्यक्ष डोलेश्वर खड्गा, कञ्चनरुप नगरपालिका ७ का वडा अध्यक्ष समानन्द चौधरी, एमाले नेता तनुकलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
सर्पदंशबाट बालिकाको मृत्यु
सर्पदंशबाट बालिकाको मृत्यु
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण