दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकासशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले रहिरहन उचित नहुने बताएका छन् ।
राजविराजमा शुक्रबार नेपाल शिक्षक संघको २१ औं र २२ औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले यही सरकार रहँदासम्म राजनीतिक अन्यौलता अझै बढ्ने दाबी गर्दै मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको समेत बताए ।
नेता महतले काँग्रेसलाई सरकारको नेतृत्व लिन सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको पनि रहेको जिकिर गरे ।
उनले सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको उल्लेख गरे ।
नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा विभा झाले आर्थिक तथा विश्वनाथ भदेसवार यादवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल लगायतले शुभकामना दिएका थिए ।
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले रहिरहन उचित नहुने : नेता डा. महत
सारांश
- राजविराजमा शुक्रबार नेपाल शिक्षक संघको २१ औं र २२ औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
- उनले यही सरकार रहँदासम्म राजनीतिक अन्यौलता अझै बढ्ने दाबी गर्दै मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको समेत बताए ।
- नेता महतले काँग्रेसलाई सरकारको नेतृत्व लिन सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको पनि रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया