दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
चिसो बढेसँगै जिल्लाको विभिन्न स्थानहरुमा स्थानिय प्रशासनले आगो ताप्ने व्यवस्था मिलाएको छ । यसैक्रममा शुक्रबार अत्याधिक चिसो बढेपछि स्थानिय प्रशासन र जिल्ला बन डिभिजन कार्यालयको संयुक्त प्रयासमा जिल्लाभरका ९३ स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
सप्तरीको १८ वटै स्थानिय तहको ग्रामीण र शहरी क्षेत्रका बजार, चौक र दलित बस्तीका टोल टोलमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
अत्याधिक चिसो बढेपछि आगो ताप्न व्यवस्थाका लागी दाउरा बोक्न ट्रयाक्टरका साथै प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उदव न्योपाने, नेपाली सेना भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला बन डिभिजन कार्यालयका प्रमुख सन्तोष झा लगायतले समेत आफु चढेको गाँडीमा पनि दाउरा बोकेर बस्ती बस्ती पुगेका थिए ।
सर्वसाधारणलाई शितलहरको प्रकोपबाट जोगाउन दाउरा वितरण कार्य थालेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउँदै शितलहर पूर्व तयारी र प्रतिकार्य सँगसँगै अगाढी बढाईएको उनले जानकारी दिए ।
त्यस्तै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जिल्ला बन डिभिजन कार्यालयको सहयोगमा दाउरा संकलन गरी चिसोबाट अति प्रभावित क्षेत्रमा वितरण कार्य तिब्र बनाईएको जानकारी दिए । उनले मातहतका सवै प्रहरी ईकाइमा शहरी र ग्रामिण क्षेत्रमा स्थानिय तह सँग समन्वय गर्दै दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको बताए ।
सप्तरी गत वर्ष चिसोले कठयाग्रिएर १३ जनाको ज्यान गएको थियो । सरकारले दैवी प्रकोप सँग जुध्न विपद व्यवस्थापन ऐन २०७४ जारी गरिसकेको छ ।
चिसो मौसममा तराईका जिल्लामा शितलहर हुने भएकाले स्थानिय प्रशासनले दैवी प्रकोपको सूचीमा राखि सोही अनुसारको आवश्यक व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
सारांश
- सप्तरीको १८ वटै स्थानिय तहको ग्रामीण र शहरी क्षेत्रका बजार, चौक र दलित बस्तीका टोल टोलमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
- अत्याधिक चिसो बढेपछि आगो ताप्न व्यवस्थाका लागी दाउरा बोक्न ट्रयाक्टरका साथै प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उदव न्योपाने, नेपाली सेना भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला बन डिभिजन कार्यालयका प्रमुख सन्तोष झा लगायतले समेत आफु चढेको गाँडीमा पनि दाउरा बोकेर बस्ती बस्ती पुगेका थिए ।
- सर्वसाधारणलाई शितलहरको प्रकोपबाट जोगाउन दाउरा वितरण कार्य थालेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउँदै शितलहर पूर्व तयारी र प्रतिकार्य सँगसँगै अगाढी बढाईएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया