सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द

राजविराज राजविराज
|
बुधबार, माघ २८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द

सारांश

  •     कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीहरुले उक्त कार्यालयमा हो–हल्ला गरेका थिए ।
  •       सो कार्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीले हो–हल्लामा सहभागि पाँच जना सेवाग्राहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
  •       बिहानैदेखी लाइन लाग्दा पनि काम नभएको भन्दै गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच घम्साघम्सी समेत परेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
    राजविराजस्थित भूमीसुधार तथा मालपोत कार्यालयमा बुधबार सेवाग्राहीले हो–हल्ला गरेपछि उक्त कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । 
    कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीहरुले उक्त कार्यालयमा हो–हल्ला गरेका थिए । 
    सो कार्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीले हो–हल्लामा सहभागि पाँच जना सेवाग्राहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् । 
    बिहानैदेखी लाइन लाग्दा पनि काम नभएको भन्दै गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच घम्साघम्सी समेत परेको थियो । 
    यसैबीच कर्मचारीको अभावले गर्दा दिनहुँ सेवाग्राहीको चाप बढेको तथा काम गर्ने वातावरण समेत नभएको भन्दै निमित्त कार्यालय प्रमुख प्रमोद कुमार यादवले अर्को सूचना नहुन्जेलका लागि कार्यालयको कामकाज बन्द रहने सूचना जारि गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
बाल शिक्षा सम्बन्धी सडक नाटक सम्पन्न
बाल शिक्षा सम्बन्धी सडक नाटक सम्पन्न
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ