शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •     दुई दिन अघि फुटेको शौचालको सेफ्टी टयांकी मरमत तथा सरसफाई नगरिदा ट्यांकीबाट बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित हुन पुगेको हो ।
  •     प्रसुति र जनरल वार्डलाई लक्षित गरी बनाइएका शौचालय समेत फोहर देखिएको छ ।
  • सो शौचालयहरुमा जताततै दिसाका थुप्रा रहेकाले शौचका लागि बिरामीका कुरुवाहरु बाहिर रहेका सार्वजनिक शौचालयहरुमा जान बाध्य छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा फुटेको शौचालय सेफ्टी टयांकीको मरमत तथा सरसफाई नगर्दा अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
    दुई दिन अघि फुटेको शौचालको सेफ्टी टयांकी मरमत तथा सरसफाई नगरिदा ट्यांकीबाट बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित हुन पुगेको हो ।

    प्रसुति र जनरल वार्डलाई लक्षित गरी बनाइएका शौचालय समेत फोहर देखिएको छ । सो शौचालयहरुमा जताततै दिसाका थुप्रा रहेकाले शौचका लागि बिरामीका कुरुवाहरु बाहिर रहेका सार्वजनिक शौचालयहरुमा जान बाध्य छन् । राजविराज नगरपालिका १२ का अजित ठाकुरले अस्पतालमा फैलिएको दुर्गन्धका कारण रोग फैलिन सम्भावना बढेको बताए ।
    यसैबीच शौचालयको सेफ्टी ट्यांकी फुटेर अस्पतालमा दुर्गन्ध फैलिएको खबर पाएपछि नाक मुख छोप्दै अस्पताल पुगेका राजविराज वडा नं. ५ का अध्यक्ष समिर झा, वडा नं. ७ का अध्यक्ष माँगीलाल नाई, वडा नं. ४ का अध्यक्ष मो. अख्तर बाबा र वडा नं. ३ का अध्यक्ष सुदर्शन सिंहले अस्पताल समितिले समयमै शौचालय सेफ्टी टयांकी र फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान नदिदा यस्तो समस्या देखिएको भन्दै यसका लागि आफुहरुले पहल थालेको जानकारी दिए ।
    यसबारे अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डा. चुमनलाल दाससँग सम्पर्कको प्रयास गर्दा उनी काठमाडौं गएको जानकारी गराउँदै अस्पताल विकास समितिका एक अधिकारीले शौचालय मरमत गर्नेतर्फ आवश्यक कार्य सुरु गरिसकेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
एक सय ४७ छात्रालाई साईकल बितरण
एक सय ४७ छात्रालाई साईकल बितरण
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान