दैनिक समाचारदाता
राजविराज, २९ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले एक बर्षे अबधिमा १ सय ४९ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले सार्वजनिक गरेको आ.व. ०७६÷७७ को बार्षिक कार्य प्रगति विबरणको तथ्याङ्कमा सो उल्लेख गरेको हो ।
विभिन्न मद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरूलाई पक्राउ गर्न आक्रमक अभियान चलाएपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यसरी पक्राउ पर्नेहरूमा कुटपिट, जर्वजस्ती करणी, ज्यान मुद्वा, जालसाजी, ठगी र सबारी ज्यान मुद्दाका तथा लागू औषधका रहेका छन् ।
प्रतिवेदन अनुसार आव ०७६÷७७ मा लागुऔषधको ५१ वटा मुद्दा दर्ता भई ७१ जना पक्राउ परेका छन । यस अबधिमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाईएका ३२ हजार ५ सय गाजाको बोट तथा घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ७३ वटा अबैध घरेलु मदिरा उत्पादन भट्टी नष्ट गरेको छ । यस क्रममा ८ जना उत्पादकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसै अबधिमा भारतवाट हुने चोरी, तस्करी नियन्त्रणका क्रममा भन्सार छलेर ल्याईएका २ करोड १८ लाख १९ हजार बरावरको विभिन्न सामग्री भन्सार कार्यालयलाई बुझाएको तथा यसले राजस्व सकंलनमा समेत सहयोग पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खुल्ला सिमाका कारण भारतिय क्षेत्रवाट लागू औषध सेवन गरेर घर फर्किनेहरूको संख्या बढ्दै गएकाले यसलाई मुख्य चुनौतीको रूपमा लिईदै नाका क्षेत्रहरुमा निगरानी कडा पारिनुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम समेत संचालनमा ल्याईएको उनको भनाई छ ।
एक बर्षको अवधिमा १ सय ४९ जना फरार अपराधी पक्राउ
सारांश
- सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले सार्वजनिक गरेको आ.
- व.
- ०७६÷७७ को बार्षिक कार्य प्रगति विबरणको तथ्याङ्कमा सो उल्लेख गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया