दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
लामो समयको लकडाउनले समस्यामा परेका ती विपन्न समुदायलाई क्रियसन नेपाल नामक संस्थाले कोलाकोला फाउण्डेशनको सहकार्यमा सामाग्रि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको हो ।
गरिब असाहय ९१ परिवारलाई चाम, दाल, चिनि, चना, सोयाबिन, मास्क, साबुनका साथै जिवनजल, सिटामोल, लगायतका राहत सामाग्रि मंगलबार बितरण गरेको संस्थाले जनाएको छ ।
गरिब, असहायलाई लक्षित गरि थालिएको राहत बितरण कार्यक्रम अझै केही दिन जारि रहने क्रियसन नेपालकी प्रतिनिधि अभिलाशा सिंहले बताइन् । यसअघि सोमबार पनि संस्थाले १ सय ३ गरिब, असहाय परिवारलाई खाद्यान्न तथा राहतका सामाग्रि बितरण गरेको थियो ।
सामाजिक दुरी कायम गर्दै थालिएको कार्यक्रममा क्रियसन नेपालकी अर्का प्रतिनिधि बन्धना मिश्र, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझि, ब्रहामन सेवा समाजका अध्यक्ष विवेकानन्द मिश्र, केन्द्रिय सदस्य सतिशचन्द्र झा, सचिव अजित ठाकुर लगायतले राहत बितरण गरेका थिए ।
गरिब, असाहयलाई राहत सहयोग जारी
सारांश
- लामो समयको लकडाउनले समस्यामा परेका ती विपन्न समुदायलाई क्रियसन नेपाल नामक संस्थाले कोलाकोला फाउण्डेशनको सहकार्यमा सामाग्रि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको हो ।
- गरिब असाहय ९१ परिवारलाई चाम, दाल, चिनि, चना, सोयाबिन, मास्क, साबुनका साथै जिवनजल, सिटामोल, लगायतका राहत सामाग्रि मंगलबार बितरण गरेको संस्थाले जनाएको छ ।
- गरिब, असहायलाई लक्षित गरि थालिएको राहत बितरण कार्यक्रम अझै केही दिन जारि रहने क्रियसन नेपालकी प्रतिनिधि अभिलाशा सिंहले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया