राजविराज/दोस्रो चरणको कोभिड १९ रोग विरुद्धको खोप सप्तरीका जेष्ठ नगरिकहरुलाई लगाउने भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको छ ।
दुई चरणमा गरी जिल्लाको एक सय ६४ वटै वडाहरुबाट ६५ वर्ष भन्दा माथिका करिब ३१ हजार ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्य सुरु हुने स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाला यादवे जानकारी दिएका छन् ।
उनका अनुसार फागुन २३ र २४ गते छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोपित गरिने छ ।
त्यस्तै फागुन २८ र २९ गते राजविराज नगरपालिका, हुनमानगर कंकालनी नगरपालिका, कन्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णसवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइदै छ ।
यस्तै महामारीको बेला अग्रपंतिमा रहेकाहरु स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र पत्रकार लगायतले पहिलोे चरणमा नै उक्त खोप लगाइसकेको उनले बताए ।
जसमध्ये ३ हजार ७ सय ५४ जनालाई खोप लगाइने लक्ष्य रहेकोमा ९८ प्रतिशतले सो खोप लगाएका छन् । वर्तमान अवस्थामा पनि उक्त रोग सर्ने सम्भाबना रहि रहेको अबस्थाबाट बच्न भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हाथ धुने, मास्कको प्रयोग गर्ने र कार्यालय तथा घरहरुको सरसफाई राख्ने लगायतका कामहरु नियमित गरिरहुनु पर्ने प्रमुख यादवले सबैसँग आग्रह समेत गरे ।
दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप
सारांश
- उनका अनुसार फागुन २३ र २४ गते छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोपित गरिने छ ।
- त्यस्तै फागुन २८ र २९ गते राजविराज नगरपालिका, हुनमानगर कंकालनी नगरपालिका, कन्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णसवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइदै छ ।
- यस्तै महामारीको बेला अग्रपंतिमा रहेकाहरु स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र पत्रकार लगायतले पहिलोे चरणमा नै उक्त खोप लगाइसकेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया