दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप  

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २२, २०७७
|
|
८० पटक हेरिएको
Shares
दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप  

सारांश

  •     उनका अनुसार फागुन २३ र २४ गते छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोपित गरिने छ ।
  •     त्यस्तै फागुन २८ र २९ गते राजविराज नगरपालिका, हुनमानगर कंकालनी नगरपालिका, कन्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णसवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइदै छ ।
  •       यस्तै महामारीको बेला अग्रपंतिमा रहेकाहरु स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र पत्रकार लगायतले पहिलोे चरणमा नै उक्त खोप लगाइसकेको उनले बताए ।

    राजविराज/दोस्रो चरणको कोभिड १९ रोग विरुद्धको खोप सप्तरीका जेष्ठ नगरिकहरुलाई लगाउने भएको छ ।
    स्वास्थ्य कार्यालय सप्तरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको छ । 
    दुई चरणमा गरी जिल्लाको एक सय ६४ वटै वडाहरुबाट ६५ वर्ष भन्दा माथिका करिब ३१ हजार ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्य सुरु हुने स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाला यादवे जानकारी दिएका छन् ।
    उनका अनुसार फागुन २३ र २४ गते छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोपित गरिने छ ।
    त्यस्तै फागुन २८ र २९ गते राजविराज नगरपालिका, हुनमानगर कंकालनी नगरपालिका, कन्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णसवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइदै छ । 
    यस्तै महामारीको बेला अग्रपंतिमा रहेकाहरु स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र पत्रकार लगायतले पहिलोे चरणमा नै उक्त खोप लगाइसकेको उनले बताए ।
    जसमध्ये ३ हजार ७ सय ५४ जनालाई खोप लगाइने लक्ष्य रहेकोमा ९८ प्रतिशतले सो खोप लगाएका छन् । वर्तमान अवस्थामा पनि उक्त रोग सर्ने सम्भाबना रहि रहेको अबस्थाबाट बच्न भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हाथ धुने, मास्कको प्रयोग गर्ने र कार्यालय तथा घरहरुको सरसफाई राख्ने लगायतका कामहरु नियमित गरिरहुनु पर्ने प्रमुख यादवले सबैसँग आग्रह समेत गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी