दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
कोशी पीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई मंगलबार चौथो दिनपनि निरन्तरता दिएका छन् ।
नेपाल भारतबीच बिस २०११ सालमा भएको सम्झौता अनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु शनिबारदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।
अनसनको चौथो दिन मंगलबार कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सुनसरी उदयपुर र सप्तरीका सचिव कासिम अंसारी, पूर्व सांसद नागेन्द्र झा, कोशी पीडित उत्थान समाजका सचिव धनश्याम झा, अनिता देवी राय, शिव नारायण मिश्र, नन्द किशोर मण्डल, नासीरा खान, प्रमोद झा, विन्देश्वर मण्डल, किसुनदेव मण्डल, अजय साह, देव नारायण मण्डल, कमली देवी, फुलेश्वरी देवी लगायत डेढ दर्जन कोशी पीडित अनसनमा बसेका छन् ।
संघर्ष समितिका सदस्य अनिता देवी रायले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताइन् । उनले माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने जानकारी समेत दिइन् ।
उल्लेखित माग सम्बोधन र पहलका लागी गत साउन १३ गते संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर सो उपर पनि कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनको बाटो रोक्नु परेको कोशी पीडित उत्थान सामाजका सचिव संघर्ष समितिका सदस्य धनश्याम झाले बताए ।
कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उदयपुरका हजारौं पिडितहरु दशकौंदेखि मुआब्जा माग्दै संघर्षरत छन् तर, नेपाल र भारत दुवै तर्फका सरकारको उदासिनताका कारण आफुहरु अझै मुआब्जाबाट बञ्चित रहेको भन्दै तिनै जिल्लाका कोशी पीडितहरु संगठित भई एउटै समिति बनाई आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।
यसबाट पनि सुनुवाई नभए आमरण अनसनदेखि चक्का जाम, सप्तरी सुनसरी र उदयपुर जिल्ला बन्दसम्म लगायतका आन्दोलन कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।
कोशी पीडितहरुको अनसनदेखि तीन जिल्ला ठप्प पार्ने तयारी
सारांश
- नेपाल भारतबीच बिस २०११ सालमा भएको सम्झौता अनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु शनिबारदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।
- अनसनको चौथो दिन मंगलबार कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सुनसरी उदयपुर र सप्तरीका सचिव कासिम अंसारी, पूर्व सांसद नागेन्द्र झा, कोशी पीडित उत्थान समाजका सचिव धनश्याम झा, अनिता देवी राय, शिव नारायण मिश्र, नन्द किशोर मण्डल, नासीरा खान, प्रमोद झा, विन्देश्वर मण्डल, किसुनदेव मण्डल, अजय साह, देव नारायण मण्डल, कमली देवी, फुलेश्वरी देवी लगायत डेढ दर्जन कोशी पीडित अनसनमा बसेका छन् ।
- संघर्ष समितिका सदस्य अनिता देवी रायले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया