अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 

राजविराज राजविराज
|
शनिबार, आश्विन १६, २०७८
|
|
१९ पटक हेरिएको
Shares
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 

सारांश

  •     जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
  •       स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
  •     कोण सभामा बोल्दै युवा बिधार्थीका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले अख्तियारले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाग्राही भई  अमर्यादित तरिकाले छापा मारेको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
    प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा बिरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार मसाल जुलुस प्रदर्शन गरेको छ ।
    जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
    कोण सभामा बोल्दै युवा बिधार्थीका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले अख्तियारले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाग्राही भई  अमर्यादित तरिकाले छापा मारेको आरोप लगाए ।
    उनले हालै अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको गरिमामा नै आघात पुर्‍याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको  बताए । 
    छापाप्रति आपत्ति, पूर्वाग्राही र अमर्यादित भएको ठहर गर्दै उनले जसपा नेपाल सधै अनियमितता, भ्रष्टाचार, कमिशनतन्त्र, माफियातन्त्र र लूटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको बताए । 
    जसपाका महिला नेतृ रंगिला साहले राजनीतिक प्रतिशोधकै कारण विभेदपूर्ण तरिकाले छापा मारेको छ, ‘राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण  गर्नेप्रति पार्टी प्रतिबध रहेको बताईन ।  
    यसैगरी अर्का नेतृ गिता यादबले आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो, तर अमर्यादित र विद्वेषपूर्ण तथा सामूदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत रहेको बताईन ।
    कोण सभामा बिद्यार्थी नेता तारकेश्वर यादब, सत्येन्द्र यादब, श्याम यादब, केदार यादब मबिव क्याम्पस ईन्चार्ज रंजित यादब लगायतले बोलेका थिए ।
    गत बुधवार अख्तियारको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजात समेत लगेको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु