सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ९, २०७९
|
|
७९ पटक हेरिएको
Shares
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते

सारांश

  •     जिल्लाको महदेवा गाउँपालिका १ बल्थि मुसहरी टोलस्थित ग्रामिन सडकमा मोटरसाइकलको ठक्करबाट स्थानिय अजय सदाकी ३ वर्षिया छोरी राग्नि सदा घाइते भएकी छिन् ।
  •       बाटो काट्ने क्रममा उत्तर दिशाबाट दक्षिण पकरीतर्फ आउदै गरेको स८प ८२८६ नं.
  • को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 

    सप्तरीको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते भएका छन् । 
    जिल्लाको महदेवा गाउँपालिका १ बल्थि मुसहरी टोलस्थित ग्रामिन सडकमा मोटरसाइकलको ठक्करबाट स्थानिय अजय सदाकी ३ वर्षिया छोरी राग्नि सदा घाइते भएकी छिन् । 
    बाटो काट्ने क्रममा उत्तर दिशाबाट दक्षिण पकरीतर्फ आउदै गरेको स८प ८२८६ नं.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी सदालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 
    यस्तै जिल्लाकै रुपनी गाउँपालिका १ रुपनी राजविराज सडक खण्डमा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवलदार घाइते भएका छन् । 
    राजविराजबाट रुपनी तर्फ आउदै गरेको स१ज६०४ न.को विंङ्गरले विपरित दिशाबाट आउँदै गरेको स.६प.५७२१ न. को मोटरसाइकललाई ठक्कर दिदाँ राजविराज १६ बोरिया निवासी देवनारायण यादव घाइते भएका छन् । यादव ईलाका प्रहरी कार्यालय कवि दरबार बारामा प्रहरी हवल्दार पदमा कार्यरत छन् । 
    घाईते यादवलाई उपचारका लागी युनिक अस्पाताल रुपनीपछि थप उपचारका लागी बिराटनगरस्थित अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसैगरि जिल्लाकै कंचनरुप नगरपालिका ११ गोरपारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ३ वर्षिया बालिकालाई ठक्कर दिएको छ । बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा स्थानिय सलेन्द्र सरदारकी ३ वर्षिया छोरी अनुराधा कुमारी सरदार घाइते भएकी हुन् । घाइते भएकी बालिकालाई थप उपचारका लागी बिराटनगर लगिएको प्रहरीले जनाएको छ । 
    यसैगरि राजविराज वडा नं. १० खाडो पुलस्थित लोहजराबाट राजविराज तर्फ जादै गरेको स.१ ह.३७९० न.को अटो आफै अनिन्त्रित भई दुर्घटना भएको छ । 
    सो दुर्घटनामा  अटोमा सवार तीन व्यक्ति घाइते भएको तथा उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
    प्रहरीले चार वटै दुर्घटनामा प्रयोग भएको सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश