वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  

सारांश

  •     ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलको सहयोग र महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा वाँसको आवास निर्माण गर्ने कार्य समुदायका अति विपन्न वर्गका लागि निर्माण गरिने गरिन्छ ।
  •       जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंकालिनि हनुमाननगर नगरपालिकाको रम्पुरा मल्हिनिया, कंचनरुप नगरपालिका, सप्तरी नगरपालिका र शमभुनाथ नगरपालिका झण्डै २ सय विपन्न परिवारलाई वाँसको प्रयोग गरि आवास निर्माण गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिव एवं निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
  •        यस्तै वाँसको प्रयोग गरी बनाइएको घर हावाहुरीबाट समेत सुरक्षित रहन सकिने र भुकम्प आएको बेला सामान्य हल्लिए पनि घर ढलेमा मानविय क्षतिको सम्भावना न्यून रहने ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलका पूर्वाञ्चल प्रमुख सन्दिप पौडेलले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 
    सुरक्षित वाँसको आवास निर्माण कार्यक्रम सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको असाहय र विपन्न वर्गमा अहिले लोकप्रिय हुँदै गएको छ । 
    ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलको सहयोग र महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा वाँसको आवास निर्माण गर्ने कार्य समुदायका अति विपन्न वर्गका लागि निर्माण गरिने गरिन्छ । 
    जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंकालिनि हनुमाननगर नगरपालिकाको रम्पुरा मल्हिनिया, कंचनरुप नगरपालिका, सप्तरी नगरपालिका र शमभुनाथ नगरपालिका झण्डै २ सय विपन्न परिवारलाई वाँसको प्रयोग गरि आवास निर्माण गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिव एवं निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।   
    यस्तै वाँसको प्रयोग गरी बनाइएको घर हावाहुरीबाट समेत सुरक्षित रहन सकिने र भुकम्प आएको बेला सामान्य हल्लिए पनि घर ढलेमा मानविय क्षतिको सम्भावना न्यून रहने ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलका पूर्वाञ्चल प्रमुख सन्दिप पौडेलले जानकारी दिए । 
    उनले वाँसवाट निर्मित सुरक्षित आवासलाई सुरक्षित, वलियो र  टिकाउ वनाउन वाँस प्रशोधन केन्द्र संस्थापना र प्रविधिक तालिम समेत संचालन गरेको जानकारी दिए । 
    यता स्थानीय श्रोतसाधनको उपयोगमा प्राकृतीक प्रकोप र विपत्तवाट समेत सुरक्षित रहन सकिने वाँसको प्रयोग गरी वनाइएको घर निर्माण तर्फ स्थानीयवासी आर्कषित भएका छन । कम लगानीमा भुकम्प प्रतिरोधात्मक, बाढीको प्रकोपबाट सुरक्षित तथा आगलागिबाट समेत चाडै क्षति नहुने उद्देश्यले घर निर्माण गरिएको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ६ का रमा परियारले वताईन । 
    श्रीमान गुमाएकी परियार होटलमा काम गरेर जिविकोपार्जन गरिरहेकी छिन् । आर्थिक अवस्था कमजोर रहेकोले संस्थाले ३ लाखको लागतमा सुरक्षित आवास वनाई दिएपछी जिविकापार्जन सहज भएको परियार वताउछिन । 
    यस्तै सोही गाउँपालिका वडा नं. ६ निवासी किशोर चौधरीले समेत वाँसको आवास निर्माण गरिएको देखेपछि उनले पनि ६ लाख लागतमा अत्याधुनिक वाँसकै घर निर्माण गरेका छन् । 
    सोही गाउँपालिका वडा नं. ५ की फुदनी देवी सदाले संस्थाको सहयोगमा सुरक्षित र सुविधा सम्पन्न घर पाएको भन्दै खुशी व्याक्त गरिन । महुली सामुदायिक विकास केन्द्रका निर्देशक चौधरीले गरिव, विपन्न र असाहायको लागि थोरै खर्चमा सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले संचालित कार्यक्रम समुदायको लागि उपयोगी भएको दाबी गरे । 
    गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले काठको विकल्पको रुपमा वाँसको प्रयोगले वन व्यावस्थापन हुनुको साथै स्थानीय उत्पादनको सदउपयोग हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले संस्थासँगको सहकार्यमा गाउँपालिकाका विपन्न परिवारका लागि चाडै नै वाँसको आवास निर्माण गर्ने तर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    यस्तै वाँसको माँग वढ्दै गएकोले संस्थाले वाँसको वीउ र वृक्षा रोपन गरेको छ । ह्यावीटेट फर ह्युमानिटी ईन्टरनेशनल र महुली समुदायिक विकास केन्द्रको साझेदारीमा अग्नीसाईर कृणासवरन गाउँपालिकाको विभिन्न वडामा संचालित योजना र सुरक्षित आवासको विहिवार साझदारी संस्थाका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीहरु र पत्रकारहरुको संयुक्त टोलीले अनुगमन समेत गरेको छ । 
    वाँसवाट निर्मित सुरक्षित आवासप्रति जनआर्कषण वढ्दै गएको जानकारी दिदै महुली सामुदायिक विकास केन्द्रका लिला प्रसाद निरौलाले विपतको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गरिव, असाहाय र विपन्नलाई लक्षित गरी गाउँपालिकाको सहकार्यमा आव २०७५÷०७६ मा ५० परिवारका लागि वाँसका घर निर्माण गर्ने योजना रहेको जानकारी दिए ।    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
युवाहरुले सडकमै धान रोपे
युवाहरुले सडकमै धान रोपे