‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक

सारांश

  •     सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल सार्वजनिक रुपमा देखिएका हुन् ।
  •     यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका छन् ।
  • विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएको लोकान्तर अनलाइनले जनाएको छ ।

दैनिक समाचारदाता
जनकपुर, २६ फागुन ।
    ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउतका सुरक्षा गार्ड पहिलोपल्ट जनकपुर विमानस्थलमा आइतबार सार्वजनिक भएका छन् ।
    सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल सार्वजनिक रुपमा देखिएका हुन् ।
    यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका छन् । विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएको लोकान्तर अनलाइनले जनाएको छ ।
    स्वतन्त्र मधेश गठबन्धनका सिरहाका समर्थक दिपेन्द्रकुमार यादवले भने, ‘सीके राउत ज्यू आउँदा भीडभाड नहोस्, अनावश्यक प्रश्न नगरियोस्, सुरक्षा व्यवस्थापन होस् र अप्ठ्यारो नहोस् भनेर सुरक्षा गार्ड खटाइएको छ ।’ उनका अनुसार भीडभाड धेरै हुने ठाउँमा व्यवस्थापन गर्न समस्या समेत हुने गरेको छ ।
    सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रुफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको देखिएको छ । सुरक्षा गार्ड पहिलेदेखि तालिम प्राप्त रहेको नाम नबताउने शर्तमा एक सुरक्षा गार्डले बताए ।
    सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताएपनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक दुर्घटनामा दुईको मृत्यु
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु