प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा

राजविराज राजविराज
|
शुक्रबार, जेठ २३, २०८२
|
|
५० पटक हेरिएको
Shares
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा

सारांश

  •     नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा कर्मचारीहरु धर्नामा बसेका हुन् ।
  •       कर्मचारीहरु कामकाज छाडेर धर्नामा बसेपछी नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको छ ।
  • कर्मचारीहरुले कानुन सम्मत निर्णयलाई उल्टएर मनमरी र एकलौटी ढंगले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत डा.

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।

    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै आन्दोलनरत राजविराज नगरपालिकाका कर्मचारी शुक्रबार कामकाज ठप्प पार्दै धर्नामा बसेका छन् । 
    नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा कर्मचारीहरु धर्नामा बसेका हुन् ।  
    कर्मचारीहरु कामकाज छाडेर धर्नामा बसेपछी नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको छ । कर्मचारीहरुले कानुन सम्मत निर्णयलाई उल्टएर मनमरी र एकलौटी ढंगले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साह तथा योजना अधिकृत मनोज कुमार यादवलाई कारवाही तथा सरुवा गर्नुपर्ने प्रमुख माग उठाएका छन् । 
    यसअघि इकाई समितिले नगरपालिका प्रशासनलाई ११ बुदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको थियो । तर, उक्त ज्ञापनपत्र उपर कुनै पहल नभएको भन्दै कर्मचारीहरुले धर्नामा बस्नु परेको बताएका छन् ।  
    उनीहरुले १५ वर्षदेखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक कुमार दासलाई कार्यपालिकाको निर्णय बगैर एकलौटी ढगले प्रमुख प्रशासकिय अधिकृत डा.साहले करार सम्झौता भंग गरेको निर्णय फिर्ता लिनु पर्ने, गत आ.ब.२०८०÷०८१ मा वडा कार्यालयमा काम गरे वापत दैनिक ज्यालादारी कर्मचारीको बाँकी रहेको १६ दिनको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने, कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत बरिष्ठतम कर्मचारीलाई मात्र दिनु पर्ने लगायतका माग अघि सारेका छन् । 
    कर्मचारीहरुद्वारा घोषित आन्दोलन कार्यक्रम अनुसार जेठ २५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी तथा जेठ २८ गतेदेखी असार १ गते सम्म अतिआवश्यक सेवा बाहेक सबै कामकाज बन्द गरी धर्नामा वस्ने कार्यक्रम रहेको छ । त्यसपछी पनि माग सम्बोधन नभए दोश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने ज्ञापनपत्रमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ