दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरीको बोदेबरसाईन नगरपालिका ८ निवासी रामदुलार साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन् ।
प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो । ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी स्थानीय सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए । घटनास्थलबाट प्रहरीले प्रयोग भएको गोलीको दुई थान खोका र एक जोड चप्पल बरामद गरेको छ ।
बुहारी अनिताले राति २ बजेतिर घटनाबारे थाहा पाएपछि पुग्दा ससुरा मृत अवस्थामा फेला परेको र तत्कालै प्रहरीलाई खवर गरेको सुनाईन ।
प्रहरी नायव उपरीक्षक पुरीले हत्याराको पहिचान चाँडो भन्दा चाँडो गर्नका लागि अनुन्धानका सबै पाटामा लागि परेको बताए । सोही वडा निवासी साहको हत्यामा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन । यद्यपी आफन्तले गाउँकै परिचित व्यक्तिको संलग्नता हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
मृतकका भाई राजकुमार साहले गाउँमा लागेको मेला भरेर फर्किदा दाजु रामदुलारको हत्या भएको थाहा पाएको बताए । उनले दाजु रामदुलारको अंशको विषयलाई लिएर एक जनासंग लामो समय देखि अदातलमा मुद्दा मामिला चलिरहेको जानकारी समेत दिए ।
प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ ।
आइतबार नै घटनास्थमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को प्रयोग समेत गरिएको छ । त्यसबाट पनि केही संकेत फेला परेको र चाँडै अपराधी पक्राउ पर्ने प्रहरीको भनाई छ ।
यसैबीच घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत एउटा टोली जिल्ला आएको छ । अहिले जिल्ला र प्रदेश समेतका प्रहरी टोलीले आ–आफ्नो तरीकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
सारांश
- प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो ।
- ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- उनी स्थानीय सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया