दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका एक कर्मचारी आफ्नै कोठामा झुण्डिएको अवस्थमा फेला परेका छन् ।
अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत राजविराज नगरपालिका वडा नं २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
सोही अस्पतालको फार्मेसीमा कार्यरत उनका पति राजन साफीको एक वर्षअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनीहरुको एक छोरा र एक छोरी छन् । पतिको मृत्युपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिर समेत दिएको थियोे ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले घटना बारे थप अनुसन्धान भइरहेको तथा शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको जानकारी दिएका छन् ।
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
सारांश
- अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत राजविराज नगरपालिका वडा नं २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
- सोही अस्पतालको फार्मेसीमा कार्यरत उनका पति राजन साफीको एक वर्षअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
- उनीहरुको एक छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया