दैनिक समाचारदाता
राजविराज, १ असार ।
धनुषाको सबैलामा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका शम्भु सदाको प्रहरीले हत्या गरेको दाबी गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा मुसहर समुदाय घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन् ।
धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।
यता प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् । दोषिमाथी कारवाहीको माँग गर्दै प्रदर्शनकारीहरु बजार क्षेत्र परिक्रमा गरेका थिए ।
प्रहरी हिरासतमा मान्छे मार्न पाइदैन्, प्रहरी दमन बन्द गर, शम्भु सदालाई न्याय दे, सबैला इलाका प्रहरी कार्यालयका प्रहरीलाई कारवाही गरलगायतका नारा लेखीएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रमा पश्चात् स्थानिय शिव मन्दिरको प्राङ्गणमा पुगि बिरोधसभामा परिणत भएको थियो ।
सभालाई नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक राजेश्वर सदा, केन्द्रिय सदस्य गंगा सदा, सलिता सदाय, बद्री सदायलगायतले सम्बोधन गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कारवाही नगरिए आन्दोलन चर्काउने चेतवानी दिएका थिए ।
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सारांश
- नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा मुसहर समुदाय घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन् ।
- धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।
- यता प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया