मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, जेठ १७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु

सारांश

  •     सुरुङ्गा नगरपालिका ५ मसिलाल स्कुल अगाडी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.
  • १ ख.
  • २१२० नं.

दैनिक समाचारदाता
राजविराज, १७ जेठ । 
    सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा बजारमा शुक्रबार मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा एक म्याजिकमा सवार यात्रुको मृत्यु भएको छ । 
    सुरुङ्गा नगरपालिका ५ मसिलाल स्कुल अगाडी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.१ ख.२१२० नं. को ट्रकले सोही दिसाबाट जादै गरेको ना.१ ज.५५५६ नं. को म्याजिकलाई पछाडिबाट ठक्कर दिदा म्याजिकमा सवार ६५ वर्षिया हदिसा खातुनको मृत्यु भएको हो । 
    सो दुर्घटनामा गम्भिर घाईते भएकी खातुनलाई सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा  उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?