दैनिक दुई उडान प्रचार मै सीमित 

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
दैनिक दुई उडान प्रचार मै सीमित 

सारांश

  •     बुद्ध एयर व्यवस्थापनले २०८१ साल चैत्त २९ गतेदेखि दैनिक दुई उडान गर्ने निर्णय सहित ब्यापक प्रचार प्रसार गरेको थियो ।
  • यसका लागी २०८१ साल मंसिर २९ गते नै तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्री कालिन उडानको परिक्षण उडानको शुभारम्भ गरेका थिए ।
  •       परिक्षण उडान पछि २०८१ साल चैत्त २९ गते देखी राजविराजबाट रात्रीकालिन उडान सूरु हुने बुद्ध एयरका व्यवस्थापन पक्षले जानकारी गाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    बुद्ध एयर व्यवस्थापनले राजविराज विमानस्थलबाट दैनिक दुई उडान गर्ने प्रचार गरेको १० महिना बितेको छ । तर, अहिले विमानस्थलबाट नियमित रुपमा एक मात्र उडान भइरहेको छ । 
    बुद्ध एयर व्यवस्थापनले २०८१ साल चैत्त २९ गतेदेखि दैनिक दुई उडान गर्ने निर्णय सहित ब्यापक प्रचार प्रसार गरेको थियो । यसका लागी २०८१ साल मंसिर २९ गते नै तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्री कालिन उडानको परिक्षण उडानको शुभारम्भ गरेका थिए । 
    परिक्षण उडान पछि २०८१ साल चैत्त २९ गते देखी राजविराजबाट रात्रीकालिन उडान सूरु हुने बुद्ध एयरका व्यवस्थापन पक्षले जानकारी गाएका थिए । बुद्ध एयरले राजविराजबाट काठमाण्डौंका लागी दैनिक दिउसो १ बजे तीर एकमात्र उडान मार्फत सेवा प्रदान गर्दै आएकोमा यात्रुको चाप बढ्दै गएपछी एउटा थप उडानका लागी मन्त्री पाण्डेले रात्रीकालिन परिक्षण उडानको शुभारम्भ गरेका थिए । 
    उडान परिक्षण सकिएपछि त्यत्तिवेला बुद्धएयरका ब्यवस्थापन पक्षले २०८१ चैत्र २९ बाट दिनको १२ः२५ र साँझको ६ बजे गरी दैनिक २ वटा उडान राजविराजबाट काठमाण्डौंका लागी प्रस्थान गर्ने समय तालिका नै सार्वजनिक गरेको थियो । तर अहिले आएर ट्राफिक, नोट, एक्सचेन्जर र फ्लाईटरहरुको उडान तालिका लगायतका विषयमा काठमाण्डौस्थित फ्लाईट विभागबाट अनुमती प्राप्त गर्न ढिलाई भएकाले रात्रीकालिन उडान सूरु गर्न समस्या भएको बुद्ध एयर व्यवस्थापन पक्षले जनाउन थालेका छन । 
    बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले विविध कारणले रात्रीकालिन उडान सूरु हुन ढिलाई भएको बताए । उनले अहिले चिसो मौसमका कारण एकमात्र उडान पनि प्रभावित भइरहेको भन्दै मौसम सुधार भएपछि रात्रीकालिन उडानका लागी आवश्यक पहल हुने बताएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी