सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
बिहिबार, पौष २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा सबै भन्दा बढी १ सय ९३ फरार प्रतिवादी पक्राउ परेका छन ।
  • चालु आ.
  • व.

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    सप्तरी प्रहरीले चालु आ.ब.को पाँच महिनाको अवधीमा एक सय ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न अपराधका अभियुक्त धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा सबै भन्दा बढी १ सय ९३ फरार प्रतिवादी पक्राउ परेका छन । चालु आ.व.को ५ महिनाको अवधीमा समातिएका फरार प्रतिवादीको यो संख्या हाल सम्मकै बढी रहेको उनले जानकारी समेत दिए । 
    विभिन्न खाले अपराध गरी विभिन्न ठाउँमा लुकेर वसेका अभियुक्तमाथी प्रहरीले अपरेशन बढाएकोले पक्राउ परेकाहरुबाट ३३ वर्ष ११ महिना ७ दिन कैद सजाय र ५ लाख ९९ हजार ५८ रुपैया जरिवाना असुलका लागी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ । 
    विगतमा प्रहरीले घटना भएको केही समय मात्रै अभियुक्त खोजी गर्ने र घटना पुरानो हुदै गएपछी फरार अभियुक्त खोज्न खासै चासो नदेखाउने गुनासो पनि उठने गरेको थियो । तर पछिल्लो समय प्रहरीले सक्रियता देखाउदै सबै भन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । 
    “विगत वर्षमा भन्दा यो वर्ष फरार अभियुक्तको सूचिमा रहेका धेरै ब्यक्तीहरु पक्राउ परेका छन, यसमा अझै चासो बढाएका छौ, प्रहरी उपरिक्षक खतिवडाले भने “अपराधको प्रकृति र अवस्था हेरेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।”
    फरार अभियुक्त पक्राउ गरी पैmसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व रकम समेत बढाएको छ । यस बाहेक सोही अवधीमा प्रहरीले भन्सार छलीका ७० लाख ७२ हजार ४ सय ५ रुपैयाको अवैध समान जफत गरी भन्सार कार्यालयमा बुझाएको प्रहरी तथ्याङ्कले देखाएको छ । 
    यस अवधीमा लागु औषध गाँजा २ हजार ६४ किलो, एम्पुल इन्जेक्शन १ सय ७४, स्पासमा प्रोक्स ट्याब्लेट ६४ र ब्राउन सुगर १ दशमलव ६२ मिलीग्राम जफत गरी १० जना मानिस समेत पक्राउ गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरीको भनाई छ । 
    यस्तै यस अवधिमा जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटनाका १ सय ८५ घटनामा ७ जनाको मृत्यु तथा ३ सय ८४ जना घाईते भएको प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 
    प्रहरी उपरिक्षक खतिवडाले अपराधमुक्त समाज निर्माण, सवारी दुर्घट्ना न्युनिकरण, साईबर अपराध, लागु औषध प्रयोगले हुने हानी नोक्सानी, आत्महत्या न्युनिकरण, आगलागी, बाढी पहिरो, बालविवाह, दाईजो लगायतका विभिन्न विकृति विसंगती विरुद्ध यस अवधीमा सचेतनाका १ सय ५५ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएका छन् । 
    यस्ता अभियानलाई अझ द्रुत गतिमा अगाडी बढाउदै लगिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।         

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन