दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जिल्लाको शिक्षा क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै जानु चिन्ताको बिषय भएको भन्दै सप्तरी युथ नेपालले शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
युथ नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
‘सरकारी शिक्षा स्थानीय तहको जिम्मा लगाइएपछि राम्रो हुने अपेक्षा सबैले गरेका थिए । तर, झन् बर्बादतर्फ उन्मुख भइरहेको कुरालाई नकार्न सकिन्न’ ज्ञापनमा भनिएको छ, ‘पछिल्ला दृष्टान्तहरु हेर्ने हो भने विद्यालयको अनुगमन नहुने, शिक्षक र विद्यार्थीको समयमा विद्यालयमा उपस्थिति नहुने क्रम बढेको छ । अर्काेतर्फ पालिकाले समयमा शिक्षक, कर्मचारीको तलव नदिने अवस्था समेत देखिएको छ । यसले सामुदायिक शिक्षा अझ कमजोर बन्दै गएको अवस्था छ ।’
सामुदायिक विद्यालयको अलाबा प्लस टू र कलेजहरुमा पनि पढाई भइनरहेको ज्ञापनमा भनिएको छ । ‘कतिपय ठाउँमा शिक्षकको चरम अभाव छ, भएको ठाउँमा पनि नियमित पढाई भइरहेको छैन्’ ज्ञापनमा भनिएको छ, ‘कतिपय कलेजमा त जथाभावी घरमा बसिरहने व्यक्तिको पनि नाम दर्ता गराई परीक्षामा मात्रै सामिल गराउने काम भइरहेको छ ।’
शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधान गर्न अभिभावकको नाताले ध्यान दिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ ।
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ सप्तरी युथको ध्यानाकर्षण
सारांश
- युथ नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
- ‘सरकारी शिक्षा स्थानीय तहको जिम्मा लगाइएपछि राम्रो हुने अपेक्षा सबैले गरेका थिए ।
- तर, झन् बर्बादतर्फ उन्मुख भइरहेको कुरालाई नकार्न सकिन्न’ ज्ञापनमा भनिएको छ, ‘पछिल्ला दृष्टान्तहरु हेर्ने हो भने विद्यालयको अनुगमन नहुने, शिक्षक र विद्यार्थीको समयमा विद्यालयमा उपस्थिति नहुने क्रम बढेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया