निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ३०, २०८०
|
|
५६ पटक हेरिएको
Shares
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित

सारांश

  •     राजविराज जेसीजको आयोजना र शमा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाच गरिएको थियो ।
  •       शिविरमा केशो अनिरुद्धवती माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड उच्च माध्यमिक विद्यालय तथा क्षितिज एजुकेसनल फाउन्डेसनका विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको राजविराज जेसिजका अध्यक्ष विप्लव आनन्दले जानकारी दिएका छन् ।
  •       सम्पन्न शिविरमा ९० जना विद्यार्थी, ५ जना शिक्षक र ६ जना जेसीज सदस्य समेत गरेर १ सय १ जनाको आँखा जाँच गरि लाभान्वित भएको कार्यक्रम संयोजक सौरभ सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 

    राजविराज जेसीजले बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । 
    राजविराज जेसीजको आयोजना र शमा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाच गरिएको थियो । 
    शिविरमा केशो अनिरुद्धवती माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड उच्च माध्यमिक विद्यालय तथा क्षितिज एजुकेसनल फाउन्डेसनका विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको राजविराज जेसिजका अध्यक्ष विप्लव आनन्दले जानकारी दिएका छन् । 
    सम्पन्न शिविरमा ९० जना विद्यार्थी, ५ जना शिक्षक र ६ जना जेसीज सदस्य समेत गरेर १ सय १ जनाको आँखा जाँच गरि लाभान्वित भएको कार्यक्रम संयोजक सौरभ सिंहले बताए ।
    उक्त अवसरमा विद्यार्थीहरुको दृष्टि परिक्षण सँगसँगै आँखाको भित्री भागहरू दृष्टी नसा, रेटिनालगायतको समेत जाँच गरिएको राजविराज जेसीजका महासचिव पंकज कुमार देवले जानकारी दिए ।
    शिविर सम्पन्न पश्चात् आयोजित कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरूको लागि आँखा जाँच कार्यक्रम आयोजना गरेर राजविराज जेसीजले रचनात्मक कार्यको सुरुवात गरेको बताए । उनले युवाहरूको नेतृत्व व्यक्तित्व विकासमा क्रियाशील राजविराज जेसीजले सामाजिक र पर्यटन प्रवर्द्धन लगायतका गतिविधि प्रभावकारी रहेको दाबी समेत गरे । 
    कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर कुमार पोखरेल र नानी मैया कट्वाल लगायतले निःशुल्क आँखा जाँच कार्यक्रमको आयोजना गरेर राजविराज जेसीजले विद्यार्थीहरूको आँखामा भएको समस्याले पढाइमा कस्तो प्रभाव पर्ने बारे रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी