दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  

राजविराज राजविराज
|
बिहिबार, जेठ १, २०८२
|
|
८५ पटक हेरिएको
Shares
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  

सारांश

  •     संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका भुक्तानी पाउन बाँकी रहेकाहरुको एक टोलीले लामो समयदेखी भुक्तानी पाउँन नसक्दा किसानहरु विचलित भई पेशा व्यवसायवाट पलायन हुने अवस्था आएकोले किसानको दुधको रकम भुक्तानीका लागि आवश्यक सहयोगका गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो ।
  •       प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको अनुरोध पत्रमा पाँच वटा सहकारी संस्थाले लाखौं रकम बराबरको दुध बिक्रि गरेपनि अझै भुक्तानी पाउन नसकेको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
  •       सोही पत्रमा आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी सस्था ली.

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 

    दुग्ध उत्पादक सहकारी संघ लि. अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुलीले किसानहरुले उत्पादन गरेको दुध संकलन गरि विभिन्न उद्योगलाई विक्री वितरण गर्दै आएकोमा ती उद्योगहरुले विगत ७ महिनादेखी भुक्तानी नदिएको भन्दै रकम उपलब्ध गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गरेको छ । 
    संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका भुक्तानी पाउन बाँकी रहेकाहरुको एक टोलीले लामो समयदेखी भुक्तानी पाउँन नसक्दा किसानहरु विचलित भई पेशा व्यवसायवाट पलायन हुने अवस्था आएकोले किसानको दुधको रकम भुक्तानीका लागि आवश्यक सहयोगका गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो । 
    प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको अनुरोध पत्रमा पाँच वटा सहकारी संस्थाले लाखौं रकम बराबरको दुध बिक्रि गरेपनि अझै भुक्तानी पाउन नसकेको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ । 
    सोही पत्रमा आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी सस्था ली. महुलीलाई विगत सात महिनादेखी बिराटनगर दुग्ध बितरण आयोजनाले २ करोड ५५ लाख ५५ हजार ७ सय ३३ रुपैया र मिलन डेरी उद्योगले विगत २ वर्षदेखी ४ लाख ३१ हजार ४ सय ८० भुक्तानी नदिएको जनाइएको छ । 
    त्यस्तै राम नगर कृषि सहकारी संस्था ली. बलान बिहुललाई सन्तोषि डेरी उद्योग लहानले ४ लाख ४७ हजार ९ सय ६४ रुँपैया तथा मनकामना वहुमुखी सहकारी संस्था ली फक्तेपुरलाई हिमाल डेरी उद्योग धरानले २९ लाख १४ हजार ८ सय ७१ र  बाबा बैजनाथ पेडा भण्डार बरमझियाले ९ लाख ८० हजार ७ सय २१ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ । 
    यसैगरि किसान बचत तथा ऋण सहकारी संस्था ली. बिरेन्द्रबजारलाई छिन्नमस्ता डेरी उद्योग राजविराजले ३ लाख ५० हजार र जयकिशोर यादवले २ लाख ३५ हजार तथा त्रियुगा बहुमुखी सहकारी 
    संस्था ली. फक्तेपुरलाई बिराटनगर दुग्ध बितरण आयोजना (आदर्श सहकारी मार्फत) ९ लाख १९ हजार ३२ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन