दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ स्थित डिमनमा जसपाद्वारा आयोजित घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र जनमत पार्टीका एकसय भन्दा बढी स्थानिय नेता तथा कार्यकर्ता जसपामा बिहीबार प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस सप्तरी १ को प्रदेश समिति ख का उपसभापति भगवतीप्रसाद यादवदेखी निवर्तमान वडाअध्यक्ष एवं जनमत पार्टीका तर्फबाट हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदबार रहेका मनोज कुमार यादव छन् ।
नवप्रवेशीहरुलाई जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवारसमेत रहेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला र अबिर लगाई स्वागत गरे ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा जिल्लामा पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ । दुईसाता यता विभिन्न दलका क्रियाशिल सदस्य एवं पदाधिकारीसहित ५ सय भन्दा बढीले दल परिवर्तन गरेका छन् ।
काँग्रेसका निर्वाचित प्रदेश उपसभापतिसहित दर्जनौं जसपामा प्रवेश
सारांश
- प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस सप्तरी १ को प्रदेश समिति ख का उपसभापति भगवतीप्रसाद यादवदेखी निवर्तमान वडाअध्यक्ष एवं जनमत पार्टीका तर्फबाट हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदबार रहेका मनोज कुमार यादव छन् ।
- नवप्रवेशीहरुलाई जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवारसमेत रहेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला र अबिर लगाई स्वागत गरे ।
- प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा जिल्लामा पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया