दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
मुस्लिम समुदायले आफ्ना धर्मगुरु एवं इस्लाम धमावलम्बीका प्रर्वतक पैगम्बर मोहम्मविरुद्ध भ्रामक एवं कपोकल्पित प्रचार गर्ने माथी कारवारहीको माग गरेको छ ।
सोमबार मुस्लिम समुदायले कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल मुस्लिम संघ सप्तरीका अध्यक्ष मो.जिब्रिल मियाँ, महासचिव इरसाद अंसारी तथा मुस्लिम समुदायका अगुवाहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाइएका हुन् ।
गृह मन्त्रालयलाई बोद्यार्थ समेत दिएको ज्ञापन पत्रमा कमल नारायण दास भन्ने ब्यक्तीले केही दिन यता मुस्लिम धर्मावलम्बीहरुका प्रर्वतक पैगम्बर मोहम्मदका बारेमा समाजिक सञ्जाल मार्फत भ्रामक र कपोकल्पित कुराहरु राखेर अपमानित र अनादर गरिरहेको उल्लेख गरिएको छ ।
धर्मगूरुलाई अपमानित हुने गरी गलत प्रचारवाजीले धार्मिक संहिष्णुता एवं सामाजिक सद्भावमा खलल् पुग्ने भन्दै ज्ञापनपत्रमार्फत समाजमा अशान्ति फैलाउने र आपसी सदभाव विगार्ने कार्यमा लागेका दासलाई तत्काल नियन्त्रण्मा लिई कडा कारवाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ थापाले यस्ता गतिबीधी रोक्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएको नेपाल मुस्लिम संघले जनाएको छ ।
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
सारांश
- सोमबार मुस्लिम समुदायले कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
- नेपाल मुस्लिम संघ सप्तरीका अध्यक्ष मो.
- जिब्रिल मियाँ, महासचिव इरसाद अंसारी तथा मुस्लिम समुदायका अगुवाहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाइएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया