दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
समुन्नती कार्यक्रम अन्र्तगत “मेरो पहिलो बच्चा” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय लौनिया तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं. १ र २ का २० जना अनमी, महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई प्रशिक्षण दिइएको सेभ द सप्तरीले जनाएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सेभ द सप्तरीका स्वास्थ्य सुपरभाइजर मोनीका मिश्राले कसरी बच्चा जन्मनाईने, जनमिको बच्चा कसरी सुरक्षित राख्ने, बच्चा जन्मिएपछि के खानपान दिने, प्रजनन् सम्बन्धि बिभिन्न क्रियाकलापहरुको बारेमा स्थानिय स्वयम सेवीकाहरुलाई जानकारी दिएका हुन । प्रशासकीय अधिकृत राजु झाको प्रमुख अतिथियमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ र २ वडाका वडा अध्यक्ष तथा सम्पुर्ण पद्धाधिकारी तथा स्वास्थ्य इन्चार्ज र ४ जना आमा समुहका महिला तथा पब्लिक माध्यमिक बिद्यालय लौनिया, तिलाठीका प्रअ प्रभाष झा लगायतका सहभागिता रहेको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेभ द सप्तरीका समुदायिक परिचालक काशिन्द्र खंग र मिठु झाले आयोजित कार्यक्रममा सहयोग गरेको थियो भने सेभ द सप्तरीका अध्यक्ष धुव्र देव र फिल्ड आफिसर घुरण यादवको पनि सहभागिता रहेको थियो ।
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय लौनिया तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं.
- १ र २ का २० जना अनमी, महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई प्रशिक्षण दिइएको सेभ द सप्तरीले जनाएको छ ।
- सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सेभ द सप्तरीका स्वास्थ्य सुपरभाइजर मोनीका मिश्राले कसरी बच्चा जन्मनाईने, जनमिको बच्चा कसरी सुरक्षित राख्ने, बच्चा जन्मिएपछि के खानपान दिने, प्रजनन् सम्बन्धि बिभिन्न क्रियाकलापहरुको बारेमा स्थानिय स्वयम सेवीकाहरुलाई जानकारी दिएका हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया