सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 

राजविराज राजविराज
|
बिहिबार, चैत्र २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 

सारांश

  •     चैत १९ गते गृह मन्त्रालयले ७७ जिल्लालाई जन्मको आधारमा प्राप्त गरेका ब्यक्तिका सन्तानलाई बंशज नागरिकता दिन परिपत्र गरेपनि सर्वाेच्च अदालतले रोकेपछि उनीहरु समस्यामा परेका हुन् ।
  •     यता जिल्ला प्रशासन कार्यालय सप्तरीले चैत १९ गतेदेखि २६ गतेसम्म १५ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकता दिएको छ भने ईलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट पनि १६ जनाले बंंशज नागरिकता पाएको प्रमुख जिलला अधिकारी सुरेन्द्र पौडलले जानकारी दिएका छन्् ।
  •     यस्तै सो अबधिमा ८ जनालाई जन्मको आधारमा बंशज नागरिकता दिन बाँकी रहेकोले त्यस नागरिकताको हकमा प्रकिया पु¥याएर दिने प्रशासकिय अधिकृत किशोरकुमार रामले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
    जन्मको आधारमा सन्तानलाई बंशज नागरिकता दिने गृह मन्त्रालयले गरेको निर्णयमाथी सर्वाेच्च अदालतले एकाएक रोक लगाएपछि सप्तरीमा ती नागरिकहरुलाई नागरिकता प्राप्त गर्न समस्या भएको छ । 
    चैत १९ गते गृह मन्त्रालयले ७७ जिल्लालाई जन्मको आधारमा प्राप्त गरेका ब्यक्तिका सन्तानलाई बंशज नागरिकता दिन परिपत्र गरेपनि सर्वाेच्च अदालतले रोकेपछि उनीहरु समस्यामा परेका हुन् ।
    यता जिल्ला प्रशासन कार्यालय सप्तरीले चैत १९ गतेदेखि २६ गतेसम्म १५ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकता दिएको छ भने ईलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट पनि १६ जनाले बंंशज नागरिकता पाएको प्रमुख जिलला अधिकारी सुरेन्द्र पौडलले जानकारी दिएका छन्् ।
    यस्तै सो अबधिमा ८ जनालाई जन्मको आधारमा बंशज नागरिकता दिन बाँकी रहेकोले त्यस नागरिकताको हकमा प्रकिया पु¥याएर दिने प्रशासकिय अधिकृत किशोरकुमार रामले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?