दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
राजविराजस्थित सुनचाँदी पसलको बुधबार सरोकारवाला निकायले अनुगमन गर्न आउँदा यहाँका सम्पूर्ण पसलहरुको सटर एकाएक बन्द गरि पसलेहरु भागाभाग भएका थिए ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गर्दा ती पसलेहरु सटर बन्द गरि भागाभाग भएका थिए ।
अनुगमन टोलीको सुइको पाएपछी बिहानै खुल्ने पसलहरु एकाएका बन्द भएको थियो । खुलेका केही पसलमा टोलीले अनुगमन गरेको थियो ।
टोलीले सुनचाँदीको गुणस्तर भन्दा पनि कागजातहरु दुरुस्त बिषयमा अनुगमन गरेको एक पसल संचालकले जानकारी दिए ।
यता टोलीका नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले बुधबार पसल बन्द भएपनी अनुगमनलाई निरन्तरता दिँदै अर्को दिन पुनः अनुगमन गर्ने जानकारी दिए ।
अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
सारांश
- जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गर्दा ती पसलेहरु सटर बन्द गरि भागाभाग भएका थिए ।
- अनुगमन टोलीको सुइको पाएपछी बिहानै खुल्ने पसलहरु एकाएका बन्द भएको थियो ।
- खुलेका केही पसलमा टोलीले अनुगमन गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया