दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सोमबार कार्यालय बन्दको सूचना टाँस गरे पनि भित्रभित्रै काम भइरहेको भन्दै सेवाग्राही तथा लेखापढी व्यवसायीहरुले चर्को नाराबाजी गर्दै धर्ना दिएका छन् ।
लेखापढी व्यवसायी संघ मालपोत इकाईका सचिव बद्रि नारायण यादवले नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्ना साथ बिहान १० बजे प्राविधिक कारणले कम्युटर फाँट एक दिनका लागि बन्द रहने सूचना टाँस गरे पनि भित्रभित्रै काम भएको जानकारी दिएका छन् ।
उक्त सूचनामा आ.ब. २०७७÷७८ को मुल्याङ्कन कम्युटरमा प्रविष्ट गर्ने काम विभागको आदेशानुसार एक दिनका लागि बन्द गरिएको उल्लेख गरिएको थियो ।
केही सेवाग्राहीसँग १० देखी २५ हजारसम्म घुस लिई भित्र भित्रै काम गरेको लेखापढी व्यवसायी संघका सचिव यादवले दाबी गरे ।
सचिव यादवले नासु यादवसँगै कम्युटर फाँटका कर्मचारीले सेवाग्राहीसँग १० देखी १५ हजार रुँपैया घुस लिई काम गरेको दाबी गरे ।
उनले दोषि कर्मचारी माथी कारवाही नगरिए मंगलबार पनि कार्यालयको मूल गेटमै धर्नामा बसी कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
सारांश
- लेखापढी व्यवसायी संघ मालपोत इकाईका सचिव बद्रि नारायण यादवले नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्ना साथ बिहान १० बजे प्राविधिक कारणले कम्युटर फाँट एक दिनका लागि बन्द रहने सूचना टाँस गरे पनि भित्रभित्रै काम भएको जानकारी दिएका छन् ।
- उक्त सूचनामा आ.
- ब.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया