प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३, २०७७
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला

सारांश

  •     प्रेस युनियन सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको त्रपकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् ।
  •       मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
  •       प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट समेत नेता सिटौलाले पारे ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
    नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र संविधानलाई जोखिममा पारेकाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने सुझाव दिएका छन् । 
    प्रेस युनियन सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको त्रपकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् । 
    मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरे । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट समेत नेता सिटौलाले पारे । 
    अबको सरकारको नेतृत्व काँग्रेसले लिनु पर्ने देशको आवश्यकता रहेको उल्लेख गर्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर काँग्रेसले सरकारको नेतृत्व गर्ने गरि निरन्तर छलफल र सम्वाद भइरहेको र चाडै परिणाम आउने उनको भनाई छ । 
    उनले आफ्नो पार्टी भित्र पनि अबको संयुक्त सरकारको नेतृत्व शेर बहादुर देउवाले नै लिनु पर्ने धारणा बनेको भन्दै देशलाई जोगाउन, संबैधानिक संकट हटाउन र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि बैकल्पिक शक्तिको रुपमा काँग्रेसले नेतृत्व लिनु पर्ने मुलुकको आवश्यकता रहेको बताए । एक अर्को प्रसङ्गमा उनले आगामी भदौं महिनामा हुने तय भएको पार्टीको महाधिवेशन बटम लाइन भएकाले कुनै पनि बहानामा त्यसलाई सार्न नहुने र तोकिएकै समयमा अधिवेशन सम्पन्न हुनुपर्ने धारणा राखे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
विद्यालयमा छड्के अनुगमन
विद्यालयमा छड्के अनुगमन
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख 
चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख 
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह