गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 

राजविराज राजविराज
|
शुक्रबार, जेठ ६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 

सारांश

  •     सर्वाधिक चर्चामा रहेको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार बनेका भिमराज यादव यस पटक गत निर्वाचनमा पराजित भएका शम्भु प्रसादलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
  •       शुक्रबार घोषित परिणाम अनुसार भिमराज ९ हजार ६ सय २४ मत प्राप्त गरि उनी बिजयी भए ।
  • निकटत्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत मात्र प्राप्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
    गत स्थानिय तहको निर्वाचनमा १३ मतको झिनो अन्तरले पराजित भएका भिमराज यादव यस पटक चार हजार भन्दा बढी मतान्तरले निर्वाचित भएका छन् । 
    सर्वाधिक चर्चामा रहेको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार बनेका भिमराज यादव यस पटक गत निर्वाचनमा पराजित भएका शम्भु प्रसादलाई पराजित गर्दै निर्वाचित भएका छन् । 
    शुक्रबार घोषित परिणाम अनुसार भिमराज ९ हजार ६ सय २४ मत प्राप्त गरि उनी बिजयी भए । निकटत्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत मात्र प्राप्त गरे । तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका इर्साद अन्सारीले ४ हजार ६ सय ९० मत प्राप्त गरेका छन् । 
    २०७४ सालको स्थानिय तह निर्वाचनमा भिमराज शम्भु यादवसँग १३ मतले पराजित भएका थिए । २०७४ को निर्वाचनमा तत्कालिन फोरमबाट भिमराज उम्मेदवार थिए भने शम्भु तत्कालिन राजपाबाट उम्मेदवार भई निर्वाचन जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरी लोसपा गठन भएपछि दुबै जनाले जसपा नै रोजेका थिए । 
    जसपाले यस पटक भिमराजलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका शम्भु मनोननय दर्ता कै दिन जसपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै उक्त पार्टीको तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका थिए । 
    यस्तै उपप्रमुखमा पनि जसपा कै इसरत प्रविणले जित हात पारेकी छिन् । उनले ७ हजार २ सय ६४ मत प्राप्त गर्दा निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसकी शुसिला यादवले ४ हजार ५ सय २७ मत प्राप्त गरेकी छिन् । 
    १६ वडा रहेको राजविराज नगरपालिकाको ८ वडामा जसपा कै उम्मेदवारले वडा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले तीन, लोसपाले २ तथा नेकपा एमाले, राप्रपा र नेकपा एसले एक÷एक वडा जितेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न