दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली मधेशको विकासका लागि सबै भन्दा बढी चिन्तित रहने गरेको बताएका छन् ।
बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले आफूहरुले मधेशमा कार्यक्रम गर्दा कुनै बाधा अवरोध बिना शान्तिपूर्वक गर्न पाउने अपेक्षा पनि राखे । आयोजित कार्यक्रममा यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बालेका थिए ।
यसअघि सुरुमा जिल्ला समन्वय समितिको सभाहलमा निर्धारित कार्यक्रम प्रचण्ड नेपाल समूहको बिरोधका कारण राजरंगशालामा सारिएको थियो । यता कार्यक्रमस्थल वरिपरि प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो भने स्थानिय प्रशासनले ड्रोन क्यामरामार्फत कार्यक्रमको सुरक्षा निगरानी गरेको थियो ।
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत
सारांश
- बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
- मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
- नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया