दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली मधेशको विकासका लागि सबै भन्दा बढी चिन्तित रहने गरेको बताएका छन् ।
बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले आफूहरुले मधेशमा कार्यक्रम गर्दा कुनै बाधा अवरोध बिना शान्तिपूर्वक गर्न पाउने अपेक्षा पनि राखे । आयोजित कार्यक्रममा यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बालेका थिए ।
यसअघि सुरुमा जिल्ला समन्वय समितिको सभाहलमा निर्धारित कार्यक्रम प्रचण्ड नेपाल समूहको बिरोधका कारण राजरंगशालामा सारिएको थियो । यता कार्यक्रमस्थल वरिपरि प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो भने स्थानिय प्रशासनले ड्रोन क्यामरामार्फत कार्यक्रमको सुरक्षा निगरानी गरेको थियो ।
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत
सारांश
- बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
- मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
- नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया